‘महिला आत्मनिर्भर हुनु सिङ्गो परिवार समृद्ध हुनु हो’ प्रधानमन्त्री देउवा


प्रकाशित मिति :2017-09-11 17:23:46

-महिला खबर-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारमा महिला आर्थिक रुपले सक्षम र आत्मनिर्भर भए सिङ्गो परिवार नै समृद्ध हुने बताउनुभएको छ ।

काठमाडौंमा सोमबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको उद्घाटन गर्दै देउवाले परिवार समृद्ध भएमात्रै समाज र देशको उन्नति हुने बताउनुभयाे । साना तथा मझौला उद्यमतर्फ महिलालाई आकर्षित गर्न सरकारले लगानीमैत्री वातावरण तयार गर्ने उहाँकाे भनाई छ ।

नेपालको संविधानले स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा लगायत क्षेत्रमा महिला सहभागितालाई सुनिश्चित गरेको भन्दै देउवाले  महिलालाई सशक्त र अधिकार सम्पन्न बनाउने बताउनुभयाे ।

सार्क सचिवाललयका महासचिव अमजद हुसेनले महिलाको आर्थिक र सामाजिक क्षेत्रमा सुधार गर्न महिला उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो ।

उद्योगपति विनोद चौधरीले महिलाहरुको उधोग व्यवसायमा सहभागिता न्यून रहेको बताउनुभयो ।

श्रीलंकाका प्रा.मैथ्रिविक्रमा सिङघेले दक्षिण एशियाका महिलाहरु गरिबी, अशिक्ष, पछौटेपनका कारण उद्योग क्षेत्रमा लाग्न नसकेका बताउनुभयो ।

चीनका महिला उद्यमी चेन यानले महिलालाई ज्ञानमा आधारित सूचना प्रविधिको क्षेत्रमा आउन उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलालाई उद्योग व्यवसायमा थप आकर्षण गर्न सम्मेलनले सहयोग गर्ने बताउनुभयो ।

दक्षिण एसिया महिला विकास मञ्चले आयोजना गरेको सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ ।

दुई दिनसम्म हुने सम्मेलनमा कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीहरुले हासिल गरेका सफलता, भोग्दैआएका समस्या एवं लगानीका बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: