विशाखापट्टनम्मा नेपाली महिला उद्यमीलाई अवसर


प्रकाशित मिति :2017-09-12 12:11:40

काठमान्डाै । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहमा बन्दै गरेको विशेष आर्थिक क्षेत्रमा नेपालीसहित सार्क क्षेत्रका महिला उद्यमीलाई लगानी तथा व्यापारको अवसर दिइने भएको छ ।

दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा सोमबार राजधानीमा सुरु दुईदिने सम्मेलनमा भारतीय महिला उद्यमी संघकी अध्यक्ष रमा देवीले बंगालको खाडीसँग जोडिएको आन्ध्रप्रदेशको त्यो आर्थिक राजधानीमा यसै मंसिरदेखि सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्रभित्र महिलाले चलाएका उद्यमलाई प्राथमिकता दिइने बताइन् । सार्क क्षेत्रका महिला उद्यमीको विकासका लागि आर्थिक कोष पनि बनाइएको जानकारी दिँदै उनले भनिन्, ‘नेपालसहित सार्कका महिला उद्यमीलाई त्यस क्षेत्रमा प्राथमिकता दिइनेछ ।’

मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले उक्त क्षेत्रको उद्घाटनमा नेपाली महिला टोली मंसिरमा सहभागी हुने पक्कापक्की भइसकेको बताइन् । ‘हाल नेपाली उद्यमी महिलालाई यताका उत्पादन निर्यात गर्न सजिलो छैन, विशाखापट्टनम्को विशेष आर्थिक क्षेत्रसम्मको पहुँच भए नेपाली उत्पादन विश्वबजारमा पुर्‍याउन र कच्चा पदार्थ आयात गर्न पनि सजिलो हुनेछ,’ उनले भनिन् ।

सम्मेलनमा सहभागी विदेशी उद्यमीहरूले कृषि क्षेत्रमा नेपाली महिला उद्यमीसँग साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् । ‘फिलिपिन्स र आसियान क्षेत्रका उद्यमीहरूले लप्सी, अलैंचीमा लगानी साझेदारी गर्ने बाचा गरे,’ रिजालले भनिन्, ‘थाइल्यान्डले स्पा खोल्ने चाहना देखाएको छ ।’

महिला उद्यमीहरूलाई प्रविधि र सीपबारे जानकारी दिलाउनेलगायतका उद्देश्यले आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । नेपालका सयको हाराहारीसहित करिब २ सय उद्यमीको जमघटमा उनले नेपालले महिला उद्यमीमैत्री कानुनहरू बनाउँदै गइरहेको र केही कानुन प्रक्रियामा रहेको बताए । पछिल्लो सयम स्थानीय तहको चुनावमार्फत पनि अत्यधिक संख्यामा महिलाहरू आएको सुनाउँदै प्रधानमन्त्री देउवाले एसिया क्षेत्रमै नेपालले महिलालाई समानता दिँदै गइरहेका बताए । सम्मेलनमा श्रीलंकाली प्राध्यापक मैत्री विकरामसिंगेले दक्षिण एसियाका महिलाहरूको अवस्थाबारे प्रकाश पारेकी थिइन् ।

समारोहमा सार्कका महासचिव अमजद हुसैन बी सियालले यस क्षेत्रका महिलाहरूको विकासमा सार्कको भूमिकाबारे आफ्नो धारणा राखेका थिए । सम्मेलनमा उद्यमी विनोद चौधरीले आफ्नो सफलताबारे बोलेका थिए । उनले २५ वर्षअघिको दाँजोमा नेपालमा महिलाहरूको आर्थिक राजनीतिकलगायतका क्षेत्रमा सहभागिता अत्यधिक बढेको सुनाए ।

त्यसैगरी चीनको चर्चित फोकस ग्रुपकी चिफ स्ट्राटिजिक अफिसर चेन याङले पनि साना उद्यमबाट कसरी बजारमा प्रभुत्व कायम गर्नेबारे बोलेकी थिइन् । सम्मेलनमा चीन, मंगोलियासहित सार्क क्षेत्रका ८० हाराहारी उद्यमी छन् । कृषि, पर्यटन, गार्मेन्ट, टेक्सटायल र सूचना प्रविधि विषयमा छलफल र प्रस्तुतिका लागि १२ जना विज्ञ काठमाडौं आइपुगेका छन् । यिनले व्यवसाय विस्तार, नयाँ प्रविधिको उपयोग र निर्यातका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: