दोलखामा राहदानी बनाउने महिला बढे


प्रकाशित मिति :2017-09-12 14:54:55

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा जिल्लाबाट राहदानी बनाउने महिलाहरुको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै साधारण तर्फ ९३ जना र द्रुत तर्फ ७४ जना महिलाले राहदानी बनाएका हुन् ।

राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका महिलाहरु

आर्थिक वर्ष ०७३÷०७४ मा दोलखा जिल्ला प्रशासन कार्यालयबाट साधारण तर्फ २ हजार ५ सय ७७ र द्रुत तर्फ २ हजार १ सय ८९ जनाले राहदानी बनाएकोमा ४० प्रतिशत महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिनु भयो ।

त्यसरी राहदानी बनाउने मध्ये ८० प्रतिशत महिलाले वैदेशिक रोजगारीमा जाने प्रयोजनाको लागि राहदानी बनाउने उहाँको भनाई छ । उहाँका अनुसार दोलखा घर भएर काठमाडौं बसोबास गर्ने अधिकांश महिलाहरु अध्यनको लागि विदेश जान राहदानी बनाउन आउँछन् । भने दोलखामै बसोबास गर्ने महिलाहरु वैदेशीक रोजगारीको लागि जान राहदानी बनाउने गर्छन् ।
राहदानी बनाउनेको संख्या बढेसँगै जिल्लाबाट वैदेशिक रोजगारीको लागि जाने महिलाहरुको संख्या पनि बढेको देखिएको छ । आर्थिक अभाव, बीचमै पढाई छोड्ने जस्ता कारणले महिलाहरु वैदेशिक रोजगारीमा जाने गरेको पाईएको पौरखी नेपालका दोलखा संयोजक प्रदीप कार्कीले बताउनु भयो ।

पौरखी नेपालको तथ्याङ्क अनुसार दोलखा जिल्लाबाट सन् २०१६ को मे देखि २०१७ को अगस्टसम्मको १६ महिनाको अवधिमा १ हजार ७ सय ७९ जना महिला र १ हजार ३ सय पुरुषले राहदानी बनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: