महिला मन्त्रालयद्वारा ३७ बुँदे कार्ययोजना सार्वजनिक


प्रशासनिक नेतृत्व विकासका लागि प्रशिक्षणः मन्त्री कोइराला

प्रकाशित मिति :2017-09-12 19:47:16

महिला खबर

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले महिला जनप्रतिनिधिलाई प्रशासनिक नेतृत्व विकासका लागि प्रक्षिक्षण कार्यक्रम गर्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा पत्रकार महिलाहरुसंगको भेटघाटमा बोल्दै मन्त्री कोइरालाले कानुनले बाध्यकारी बनाएर नगरमा प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाअध्यक्ष महिला आएको ठुलै उपलब्धी भएको भन्दै महिला जनप्रतिनिधिको प्रशासनिक नेतृत्व बढाउनका लागि प्रक्षिक्षण दिने बताउनुभएको छ ।
‘स्थानीय तह निर्वाचनमा धेरै महिला जनप्रतिनिधी चुनीएर आउनुभएको छ । उहाँहरुमा प्रशासनिक नेतृत्वको विकास गर्ने । न्यायिक समितिको निमार्ण कसरी गर्ने । न्याय कसरी दिने । समग्र नगरको विकास कसरी गर्ने,नियम कानुनको बारेमा जानकारी राख्ने, आफ्नो क्षमता विकास कसरी गर्ने, लैगिंक समानता जस्ता विषयमा केन्द्रित रहेर प्रशिक्षण दिने छौं ।’

मन्त्री कोइरालालले अहिलेका महिला जनप्रतिनिधिलाई क्षमतावान बनाउन नसकेमा महिलाहरुलाई विश्वास गर्ने नसक्ने वातावरणको सिर्जना भएर कानुनी नै परिर्वतन गर्नपर्न त होइन भन्ने डर भएकाले महिला जनप्रतिनिधिको क्षमता विकास गर्नका लागि प्रक्षिक्षण दिने बताउनुभयो ।

‘अहिलेका महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन सक्यौं भने हरेक क्षेत्रमा महिलाको नेतृत्व आउन सक्छ । भोलीका महिलाका लागि पनि मार्ग बन्न सक्छ तर अहिलेका जनप्रतिनिधिलाई राम्रोसंग क्षमतावान बनाउन सकेनौं भने महिलाको क्षमतामा प्रश्न उठ्न सक्छ । महिला प्रति अविश्वासको वातावरण बन्न सक्ने र फेरी नीतिनै परिर्वतन हुनसक्ने अवस्था आउनसक्ने भएकाले महिला जनप्रतिनिधिको क्षमता विकासका लागि विशेष जोड दिएका छौं ।’–मन्त्री कोइरालाले भन्नुभयो ।
उहाँका अनुसार पहिलो चरणमा ७ प्रदेशका नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष महिलालाई प्रक्षिक्षण दिने र दोस्रो चरणमा वडा अध्यक्ष र वडा सदस्य महिलाहरुलाई दशौंपछि प्रक्षिक्षण दिने बताउनुभयो ।

त्यसैगरी महिला, बालबालिका, जेष्ठ नागरिक र अपांग महिलाहरुका लागि ३७ बुदे कार्ययोजना ल्याएको बताउनुभएको छ । उहाँले कार्ययोजना सुरु भएर कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।

कार्ययोजनामा केन्द्रमा बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका गुनासो सुन्नका लागि सहयोगी सेवा कक्षको स्थापना गरी हेल्प लाइन सेवा सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहमा महिला हिंसा र दुव्र्यवहार, बालबालिका विरूद्धको हिंसा, सडक बालबालिका,अपाङ्गता भएका व्यक्तिहरूको गुनासो सुन्न र अधिकारको सुनिश्चितताका लागि निर्वाचित जनप्रतिनिधि,सुरक्षा निकाय, नागरिक समाज, शिक्षक, पत्रकार सम्मिलित तत्काल उद्धार समूह गठन गरी उद्धार तथा संरक्षणको काम गर्न प्रोत्साहित गर्ने,सार्वजनिक यातायातमा महिला हिंसालाई शुन्य बनाउन तथा जेष्ठ नागरिक र अपाङ्गता मैत्री बनाउन साझा यातायात लगायतका सार्वजनिक यातायातका संस्थाहरूसँग सहकार्य गरी कार्यान्वयन गर्ने, सार्वजनिक भवन निर्माणमा भवन संहिता कार्यान्वयन गर्न सार्वजनिक निकायहरूलाई अपांगमैत्री निर्माण नीति प्रभावकारी वनाउन मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्ने,सबै प्रदेशमा कम्तीमा १÷१ ओटा सुविधा सम्पन्न जेष्ठ नागरिक आश्रम स्थापना गर्ने, बालविवाह मुक्त अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने, बालविवाह गर्ने र गराउने, बहुबिवाह गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याई यस्ता विवाह कानुनीरूपमा बदर हुने गर्ने जस्ता बुदाहरु रहेका छन् ।

लिंक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: