महिला खबर
कपिलवस्तु । घर लिप्नका लागि माटो लिन जाँदा ढिस्कोले पुरिएर कपिलवस्तुमा २ महिलाको घाइते भएका छन् ।
वाणगंगा नगरपालिका वडा नं ९ भर्तापुरका एकै घरका देउरानी जेठानी घाइते भएका हुन् । घाइते हुनेमा २९ वर्षकी सुशीला रासकोटी र ५० वर्षीय लालकुमारी रासकोटी छन् ।
घटना लगत्तै स्थानीयले उद्धार गरि पाल्पा मिसन अस्पतालमा उपचारका लागि लगिए पनि पाल्पाबाट रिफर गरि थप उपचारका लागि हरियो खर्क अस्पताल पोखरा लगिएको छ ।
लालकुमारीको खुट्टा र करङ भाँचिएको छ भने सुशिलाको मेरुदण्ड भाँचिएको अस्पताललाई उदृत गर्दै परिवारले जनाएका छन् । उनीहरुको परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर भएकोले स्थानीय समाजसेवी, युवा लगायतले स्रोत जुटाउन विभिन्न संघसंस्थासँग अपिल गरेको समाजसेवी हरिबहादुर खनालले जानकारी दिनु भयो ।
सोही ठाउँमा दुई वर्ष अगाडि माटोको ढिस्कोले पुरिदा एक युवतीको ज्यान गएको थियो ।
Comment Here!