तीन महिला खेलाडी सम्मानित


वर्ष उत्कृष्ट खेलाडीमा नङसल

प्रकाशित मिति :2017-09-13 15:40:55

–महिला खबर–

काठमाडौं । व्याडमिन्टनकी नङसल तामाङ महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्टस् अर्वाड अन्र्तगत तामाङलाई महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरेको हो । तामाङले एथलेटिक्सकी कान्छीमाया कोज, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई पछि पारेकी थिइन् ।

तामाङ नेपाली महिला व्याडमिन्टनकी नम्बर एक खेलाडीका रुपमा चिनिन्छिन् । तामाङ देशभित्रै भएको पुष्पलात स्मृति, कृष्णमोहन स्मृति र खुल्ला राष्ट्रिय व्याडमिन्टनमा च्याम्पियन बनीसकेकी छन् ।

जुडोकी मनिता श्रेष्ठ वर्षको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएकी छन् । भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै श्रेष्ठ युवा खेलाडी बनेकी हुन् । उनले कोचीमा भएको १० औँ क्याडेट एसियन जुडो च्याम्पियनसिपमा मुलुकका लागि कास्यपदक जितेकी थिइन् ।

यस्तै पिपुल्स च्वाइस अवार्डमा सशस्त्र प्रहरी बलकी एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले हात पार्न सफल भएकी छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो । मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा कोजुले सबैभन्दा धेरै भोट पाएकी थिइन् । कोजुले कुल ९५ हजार ७ सय २६ भोट मध्ये ६६ हजार १२४ मत पाएकी थिइन् । उनीहरुलाई सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मान गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: