आठ महिने गर्भवती र्याम्पमा


प्रकाशित मिति :2017-09-13 16:16:17

शनिबार न्यूयोर्क फेसन विकको एक्यूस लाता इस्प्रिङ्ग २०१८ कलेक्सनको र्याम्पमा विभिन्न उमेर, जाती, शारिरिक बनावट, लिङ्ग र पेशा भएका मोडलहरु र्याम्पमा हिडेका थिए ।

ति मध्ये एक जना मोडल माइ रुथ ली बिषेश थियो । जसले लेभेन्डर स्न्याप–फ्रन्ट कार्डिगन लुगा लगाएको थियो, र र्याम्पमा हिडिरहेको बेला आफ्नो आठ महिने गर्भ भएको पेट देखिएको थियो ।

भग म्यागजिनले लेखे ३४ बर्षीया ली, वाइड रेन्बोका निर्देशक सबै शक्ति लगाएर परिष्कृतका साथ हिडेका थिए । लीले भग म्यागजिनलाई भने “यो सबै समावेशी हो र यसलाई म कदर गर्छु”

निकोल फिलपस भग रनवेको निर्देशकले सामाजिक सञ्जाल इन्स्ट्रग्राममा मिस लीको फोटो हालेर लेखेका थिए “म फेशन शोमा २१ बर्षदेखि गइरहेको छु र मैले गर्भवती मोडेलहरुलाई रनवेमा एक पछि अर्काे देखिरहेको छु र यो केहि सोच्नको लागि हो ।”

‘म ३८ हप्ताको गर्भवती हुँ र म आफै रनवेमा प्रतिनिधित्व गर्दा आश्चर्य लाग्छ ।” इन्टाग्राम प्रयोगकर्ता एक गर्भवती महिलाले टिप्पणी गरेका थिए । केहि मानिसले त्यो कपडा आठ महिना गर्भवती महिलाको लागि उपयुक्त छैन भनेर औल्याएका छन् ।

कतिले त्यो डिजनइन गर्भवती महिलाका लागि उपयुक्त नभएको टिप्पणी गरे । इन्टाग्राम प्रयोगकर्ता एक जनाको टिप्पणी थियो “असहज कपडामा र्याम्पमा हिडनुको साट्टो के हामी प्रसन्न हुँदैनौ कि गर्भवती मोडेलहरु आफ्नो हेरचारको निम्ति समय निकालोस र जन्मन लागेका बच्चाहरुको हरपल साथको महसुस गर्न सकूँ । ‘गर्भवतीहरुले गर्न सक्दैनन् भन्न खोजेको होइन, तिनीहरु साह्रै सुन्दर देख्छन् तर यदी म छ महिना भन्दा माथीको गर्भवती भए मलाई यस्तो फेशन शोको तनाव लिने थिएन ।’

तर ली र्याम्पमा हिड्ने पहिलो गर्भवती मोडेल होइन । बच्चा जन्म हुनु भन्दा दुई महिनाअघि जोर्डन ढुन जिन पौल गौलटार्यसको इस्प्रिङ्ग २०१० को शोमा हिडेको थियो । पोहोर साल भारतको लेक्मी फेशन विकमा सुपर मोडेल कार्लाे ग्रासियस डिजानर गौरङ्ग शाह र्याम्पमा गर्भवती भएको पेट देखाएर हिडेकी थिइन् ।

भारतीय फेशन उद्योगमा नयाँ लहर सृजना गर्दै बलिहुड अभिनेत्री करिना कपूरले अनिता डोङग्रे र सबयासाची मुखर्जीले डिजाइन गरेको कपडा लगाएर आफ्नो र्भावस्था देखाएका थिए ।


साभारः हिन्दुस्तान टाइम्स

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: