एक लाख क्षतिपूर्ति दिने भएपछि शव बुझे


प्रकाशित मिति :2017-09-13 16:34:56

महिला खबर

उदयपुर । जिल्ला अस्पताल उदयपुरमा प्रसुतिको क्रममा मृत्यु भएकी महिलाको परिवारले मंगलबार शव बुझेका छन् ।

उदयपुरको चौदण्डी नगरपालिका –९ भीमा दनुवार बस्तीका ३८ बर्षीया रामकुमारी दनुवारको प्रसुति गराउने क्रममा जिल्ला अस्पतालमा सोमबार मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले दनुवारको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।

अस्पतालले एक लाख क्षतिपूर्ती दिने सहमतिमा दनुवारको शव बुझेको श्रीमान गंगाबहादुर दनुवारले बताए ।

उहाँका अनुसार सो रकम बालबच्चालाई पालन पोषणका साथै शिक्षा दिक्षा खर्च गरिने छ ।
तत्काल १ लाख रुपैँयाको कोष खडा गर्ने र पाँच दिन भित्र उक्त कोषमा थप सहयोग रकम संकलन गर्दै जाने सहमति भएको श्रीमान गंगाबहादुरले बताए ।

बालबच्चालाई सहयोग गर्न रकम संकलन समिति समेत गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत कुमार खड्का, कोष तथा नियन्त्रक कार्यालयका पदाधिकारी र सामाजिक क्षेत्रका सुजना दनुवार रहने गरि समिती गठन गरिएको हो । मृतक दनुवारको ३ छोरी छन् ।

जिल्ला अस्पताल उदयपुरमा यो भन्दा पहिला प्रसुति गराउने क्रममा एक महिलाको मृत्यु भएको रेडियो उदयपुरले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: