-महिला खबर –
काठमाडौं । महिलालाई हत्या गरेको अभियोगमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका २१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्या गरेको अभियोगमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपालीलाई पक्राउ गरिएको हो ।
गत भदौ १८ गते बेपत्ता भएकी घिमिरेको शव २२ गते घर नजिकैको कुलोमा सडेको अवस्थामा फेला परेको थियो ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले केन्द्रीय अनुसन्धान व्युरो, प्रादेशिक व्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरीको अनुसन्धानमा नेपालीलाई पक्राउ गरिएको हो । हत्याको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।
नेपालीलाई म्याद थप गरी कर्तव्य ज्यान मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ । यस्तै बालिका बलात्कार गरी चार वर्षदेखि फरार माडी नगरपालिका ८ का चोकनारायण श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले २०७० माघ ११ गते स्थानीय चार वर्षीय बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
Comment Here!