प्रदेश नम्बर २ मा १२ लाख बढी महिला मतदाता


प्रकाशित मिति :2017-09-14 11:19:55

-महिला खबर-

काठमाडौं । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा १२ लाख बढी महिला मतदाताले भोट हालेर आफ्नो जनप्रतिनिधि छान्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर दुईमा २६ लाख ६४ हजार ९५० जना मतदाता मध्ये महिला मतदाता संख्या १२ लाख २४ हजार ८३७ जना छन् । त्यस्तै ५९ जना तेस्रो लिंगी र बाँकी पुरुष मतदाता छन् ।

महिला मतदाताको संख्या पुरुषको तुलनामा कम छ । पुरुष मतदाता संख्या १४ लाख ३० हजार ४९ जना रहेका छन् ।

निर्वाच आयोगका प्रवक्ता नवराज ढकाल महिला मतदाताको संख्या कम हुनुमा महिलासंग नागरिकता नहुनु र महिलाको जनसंख्या कम भएको हुनसक्ने बताउनुहुन्छ ।

उहाँले मतदाता शिक्षा प्रभावकारी ढंगले संचालन गरिरहेको समेत दावी गर्नुभयो । स्थानीय भाषामा स्थानयी संचारमाध्यम र घरदैलो गरेर मतदाता शिक्षा दिइरहेको प्रवक्ता ढकालले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: