एक महिनामै ११३ वटा महिला हिंसाका घटना


५१ प्रतिशत महिला शारिरीक हिंसामा

प्रकाशित मिति :2017-09-14 12:50:21

-महिला खबर-

काठमाडौं । अगष्ट महिनामा मात्रै नेपालमा १ सय १३ वटा महिला हिंसाका घटना भएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले जनाएको छ ।

जसमा ५१ प्रतिशत महिला शारीरिक हिंसामा परेका छन् । ५८ वटा शारीरिक हिंसाका घटना दर्ता भएकोमा २१ प्रतिशत महिलाहरु दाइजोका कारणबाट, ९ प्रतिशत बहुविवाह र ३ प्रतिशत बोक्सीका आरोपमा कुटपिट भएको देखिएको छ । यस्तै, २२ प्रतिशत महिलामाथि मानसिक हिंसा, १४ प्रतिशत बलात्कार, ७ प्रतिशत महिलामा यौन दुव्र्यवहार, ४ प्रतिशत महिलाको हत्या र २ प्रतिशत महिलाको हत्याको प्रयास भएको पाइएको ओरेकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

अगस्ट महिनामै ओरेकमा २४ वटा यौन दुव्र्यहारका घटना दर्ता भएका छन् । जसमध्ये ६१ प्रतिशत घटनामा १६ बर्षमुनिका बालिकाहरु प्रभावित भएको पाइएको छ । १७ देखि ३५ बर्ष समूहका ३९ प्रतिशत महिलाहरु यौनहिंसाको शिकार भएका छन् । ७१ प्रतिशत यौनिक हिंसाका घटनाहरु महिलाले आत्मीय साथी ठानेका व्यक्तिहरुबाटै भएको पाइएको छ ।

त्यसैगरी १३ प्रतिशत कुनै पनि सम्बन्ध नभएका व्यक्तिबाट, ८ प्रतिशत महिला आफ्नै घरपरिवारका सदस्यहरुबाट यौन हिंसामा परेको पाइएको छ । आफ्ना श्रीमान् र छिमेकीबाट पनि ४÷४ प्रतिशत महिला यौन हिंसामा परेको देखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: