बैदेशिक रोजगारीमा जाने महिला बढे


प्रकाशित मिति :2017-09-14 12:51:51

अप्रिल अधिकारी

रामेछाप । जिल्लाबाट यो बर्ष बैदेशिक रोजगारीमा जाने महिलाको संख्या अघिल्लो आर्थिक बर्षको तुलनामा बृद्धि भएको छ ।

बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२ ÷२०७३ मा ४ सय ३२ महिला बैधानिक तवरबाट विदेश गएका थिए । आर्थिक बर्ष २०७३÷२०७४ मा अघिल्लो आर्थिक बर्षको तुलना भण्डै दोब्बर ७ सय १३ जना महिला बैदेशिक रोजगारीमा गएको छ । महिलासँगै बैदेशिक रोजगारीमा जाने पुरुषको संख्या पनि बढेको छ । २०७२÷०७३ मा ३ हजार २ सय ७९ जना पुरुष बैदेशिक रोजगारीमा गएका थिए भने २०७३÷०७४ मा ४ हजार ३ सय १९ जना पुरुष बैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।

बैधानिक रुपमा जानेको अभिलेख विभागसँग भएता पनि मेनपावर कम्पनीहरुको सम्पर्कबाट अवैधानिक रुपमा पनि ठूलो संख्या विदेश जाने गरेको पाइन्छ । पछिल्लो समय महिनादिन कुरेर जिल्लाबाट र सातादिनका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा काठमण्डौबाट राहदानी लिने गरिन्छ । यसरी सिफारिस गर्ने संख्या पनि बृद्धि भएको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र मन्थलीका परामर्श कर्ता रामचन्द्र विक बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: