नवजात शिशु मारेर गाडेको अभियोगमा ३ जना पक्राउ


प्रकाशित मिति :2017-09-14 15:48:43

माला पालुङवा

ताप्लेजुङ । अवैध रुपमा जन्मिएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले एकै परिवाको ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको आठाराई त्रिवेणी गाउँपालिका ५ बाजोघरा निवासी ५१ वर्षिय बुबा लाक्पा शेर्पा, छोरा १२ वर्षिय पेमा जाङ्मु शेर्पा र छोरी १६ वर्षिया साङ्गे शेर्पालाई इलाका प्रहरी कार्यालय दोभानको टोलीले पक्राउ गरेको हो ।

शिशुकी आमा २३ वर्षया सन्ध्या शेर्पा भने फरार रहेको र उनको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । भदौ १४ गते राती अविवाहित छोरीबाट शिशु जन्मिएपछि परिवारले घरबाट २ सय मिटर तल आफ्नै बारीमा खाल्डो खनेर गाडेको बस्नेतले बताउनुभयो ।

घटना भएको १२ दिन पछि भदौ २६ गते मात्रै प्रहरीले शिशुको शव भेटेको हो । शव गलिसकेकोले लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

डिएसपी बस्नेतले नवजात शिशु मार्ने अभिभावकलाई कर्तव्य ज्यानको मुद्धा चलाईने बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको बस्नेतले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- मानव अधिकार अधिकृत त्याग र समपर्णको भावमा रमाएर राष्ट्रिय मानव अधिकार आयोग कति पीडा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: