उपमेयरका एजेण्डाः हिंसा न्युनिकरण र आर्थिक विकास


प्रकाशित मिति :2017-09-14 15:52:43

यमुना खनाल

असोज दुई गते स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले चुनावी अभियानलाई तीव्र पारेका छन् ।

प्रमुख पदमा महिलाको उम्मेदवार कम परेपनि उपप्रमुखमा उठेका महिलाहरु पनि आ–आफ्नो चुनावी एजेण्डालाई अघि सार्दै मतदाताको घरदैलोमा पुगेका छन् । लहान नगरपालिकामा आठ वटा राजनितिक दलले उपमेयरमा महिलालाई उम्मेदावर बनाएका छन् । उनीहरुले आर्थिक अवस्था कमजोर हुँदा महिलाहरु हिंसाको शिकार बन्नुपरेको यथार्थलाई उठाएर आर्थिक विकास गरि हिंसा न्युनिकरण गर्ने कुरालाई चुनावी एजेण्डा बनाएका छन् ।

एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सरियार चौधरीले नगरपालिकामा आफू विजयी भए महिलाहरुको आर्थिक शसक्तिकरण गरी आर्थिक बिकासका लागि काम गर्ने र महिलामाथि हुने हिंसा कम गर्ने आफ्नो पहिलो एजेन्डा भएको बताइन् ।

महिलाहरु आर्थिक रुपले कमजोर भएकै कारण घरेलु हिंसा र बिभेदको शिकार हुनु परेको उनको ठहर छ । यसका लागि महिलाको क्षमता बिकासका कार्यक्रम गर्ने उनको योजना छ ।

नेपाली कांग्रेसकी उपमेयर उम्मेदावर पुनम चौधरीले आफू बिजयी भए सबैभन्दा पहिला महिलाहरुलाई राजनीतिमा ल्याउन पहल गर्ने, बालिका शिक्षामा जोड दिने र घरेलु हिंसा न्युनिकरणका लागि महिला सशक्तिकरणमा जोड दिई महिला सामुदायिक केन्द्र स्थापना गर्ने बताईन । २०५१ साल देखि कांग्रेसको कृयाशील सदस्य रहेकी उनी महिला संघको सदस्य पनि हुन् ।

नेकपा माओबादी केन्द्रकी उपमेयरका उम्मेदवार रिक्मा बिक लामो समयदेखि महिला अधिकारका लागि काम गर्दै आएकी छन् । उनले जातीय छुवाछुत र महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि आफ्नो उम्मेद्धारी रहेको बताईन् । साथै भूमिहिन सुकुम्बासीहरुका लागि बसोबासको ब्यबस्था गर्न पहल गर्ने समेत बताइन् ।

संघीय समाजबादी फोरम नेपालकी रिता यादबले पनि घरेलु हिंसा न्युनिकरण, बालिका शिक्षा र सुरक्षित मातृ स्वास्थ्यको कार्यक्रमलाई चुनावी एजेण्डा बनाएकी छन् । उनले प्रत्येक टोलमा ‘माता समुह’ गठन गरी महिला सुरक्षा अभिबृद्धि गर्ने । महिलाहरुमा न्यायमा पहुँच बढाउने प्लस टु अध्यायन गर्ने छात्राहरुलई साईकल प्रदान गर्ने, छात्रबृतिको ब्यबस्था गर्ने जस्ता कार्यक्रमलाई अगाडी सारेकी छन् । साथै एकल महिलालाई बिशेष सामाजिक सुरक्षा भत्ता, महिलाको न्यायमा पहुँच बृद्धि गर्ने बताइन् ।

राष्ट्रिय जनता पार्टिकी उम्मेदवार भारती गुप्ताले आफु बिजयी भए हिंसामुक्त नगर बनाउने, राज्यको श्रोत साधनमा महिलाको पहुँच बढाउने, छात्राहरुलाई छात्रबृतिको ब्यबस्था गर्ने उद्घोष गरेकी छन् । ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टिकी उम्मेदवार सुमिना खातुनले मस्लिम समुदायको नेतृत्यका लागि आफ्नो अम्मेद्धारी रहेको बताएकी छन् । उनले मुस्लिम समुदायका महिलाहरुलाई पनि राजनीतिका ल्याउनको लागि आफुले उम्मेद्धारी दिएको बताइन्।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमकी शिब कुमारी चौधरी र नेपाल मजदुर किसान पार्टिबाट ईनर मुसर्नीले उपमेयरको उम्मेदवार हुन् । दुवैले नगरको विकास र महिलाका पक्षमा काम गर्न उम्मेद्धारी दिएको भन्दै जनताको घरदैलोमा पुगेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: