गाउँका योजनाको हिसाब खोज्दै महिला


प्रकाशित मिति :2017-09-14 16:20:16

शान्ता कमली

लमजुङ । दुधपोखरी गाउँपालिका, ६ लाखाजुङका महिलाहरु आजभोली गाउँमा सञ्चालन हुने विकास योजनाहरु कसरी सञ्चालन भईरहेको छ, त्यसको कार्यान्वयन र भुक्तानीको अवस्थाबारे जानकारी लिन थालेका छन् ।

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पका कारण अत्याधिक क्षति भोगेका दुधपोखरी गाउँपालिका लाखाजुङ गाउँमा सहयोगको रकम बढ्दै जान थालेपछि गाउँमा आउने बजेट र त्यसको अवस्थाबारे महिलाहरुले चासो राख्न थालेका हुन् ।

‘यसअघि गाउँलेलाई योजना र त्यसको खर्च प्रक्रिया सार्वजनिकीकरणबारे त्यति वास्ता नै हुने थिएन । अहिले भने गाउँले जागरुक हुन थालेका छन् ।’ स्थानीय सामाजिक परिचालिका विपना गुरुङले भनिन् ।

हिजोसम्म चाँसो नदेखाउने गाउँका महिला आजभोली कहाँ कती रकम खर्च भएको छ भन्ने बारे जानकारी लिन थालेको समाजिक परिचालिका गुरुङले बताइन् । गुरुङले भनिन, ‘यहाँ अहिले सम्म यस्तो खालको अभ्यास नै थिएन, शुरुवात भएको हो ।’

बैशाख १२ गतेको भुकम्पपछि पूर्वी लमजुङको दुधपोखरी, गौडा, इलमपोखरी लगायतका क्षेत्रमा पूर्वाधारहरुको पूनःनिर्माणमा विभिन्न संघसंस्थाले सगाईरहेका छन् ।

ति सहयोगहरु कतिको पारदर्शिता र जनताप्रति जवाफदेहि छन् भन्नेमा महिलाहरु चनाखो भएको पाइन्छ ।

सरकारी र गैरसकारी जस्ले योजना ल्याएपनि नागरिकलाई सवै खालको जानकारी दिनुपर्ने स्थानीय टकमायाँ गूरुङ बताउछिन् ।

यी विषयहरुमा महिलाको सक्रियता बढ्न थालेपछि स्थानीय गैरसरकारी संघसंस्थाहरुले पनि सामाजिक परिक्षण र सार्वजनिक सुनुवाई शुरु गर्न थालेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: