बालबालिकाको विकासका लागि छिटै कानून ल्याउँछौः मन्त्री कोइराला


प्रकाशित मिति :2017-09-14 17:30:45

-महिला खबर –

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि छिटै कानून ल्याउने बताउनुभएको छ ।  राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा विहिबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बोल्नुहुदै मन्त्री कोइरालाले बालकालिकाको विकासका लागि बनेको ऐनको मस्यौदा तयार भइसकेको बताउनुभयो ।

मस्यौदा सम्बन्धित मन्त्रालयमा छलफलको क्रममा रहेको भन्दै उहाँले छिटै संसदमा पठाउने बताउनुभयो ।  मन्त्री कोइरालाले बालकालिका सम्वन्धि ऐन लागू भएसगैँ बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र सामाजिक कुरीति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजमा अझैपनि बालबालिकामाथि हिंसा हुने गरेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषद सुधार गर्न नयाँ ऐनको आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा बालबालिकामाथि हुने हिंसा रोक्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले नेपालमा बालकालिकाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै गत वर्षहरुका तुलनामा नेपालमा बालबालिकाको क्षेत्रमा धेरै सुधार भएको बताउनुभयो ।
उहाँले नेपालमा बालअधिकार महासन्धि अनुमोदन पछिको अवधिमा बालअधिकारको दृष्ट्रिकोणबाट थुप्रै कानुनी तथा नीतिगत व्यवस्था हुनु आफैमा राम्रो पक्ष भएको बताउनुभयो ।

बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यस्तै बालदिवसको पूर्वसन्ध्यानमा बुधबार महिला तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले संयुक्त रुपमा काठमाडौंको सिनामंगल स्थित बालस्मृती स्तम्भमा दीप प्रज्वलन गरेको थियो ।
द्वन्द्व लगायत भुकम्प, बाढीपहिरो र अन्य विपदमा गरी ज्यान गुमाएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन गरिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धितालले बताउनुभयो ।

संविधानमा बालबालिका सम्वन्धि हक

नेपालको संविधानको धारा ३९ मौ बालबालिका सम्वन्धि हकको व्यवस्था गरेको छ । उपधार (१) मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनिएको छ । उपधारा (२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ । उपधार (३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

यस्तै उपधार (४)मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन । (५) मा कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन । (६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।

उपधार (७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन । (८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ । (९) असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भनिएको छ ।

तर नेपालमा भने अझै पनि कयौँ बालबालिकाहरु हिंसाको सिकारका साथै जोखिमयुक्त काम गर्न बाध्य छन् ।
श्रम विभागका अनुसार नेपालमा १६ लाख बालश्रमिक मध्ये ६ लाख २१ हजार बालबालिका जोखिमपूर्ण काममा संलग्न हुन बाध्य छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: