‘तपाई जस्ता हजारौं आउँछन् । मन्त्री ज्यू छैनन्, जानुस्’


प्रकाशित मिति :2017-09-15 09:37:49

महिला खबर

काठमाडौं । जाजरकोटकी २५ वर्षिय शान्त धामी(नाम परिवर्तन) ३ दिनदेखि सिंहदरबार धाइरहेकी छन् ।

श्रीमान एचआईभी संक्रमित भएपछि उपचारका लागि जाजरकोटबाट ४ महिनाअघि काठमाडौं छिरेकी उनी बेखर्ची भएपछि सिहंदरबार धाउन थालेकी हुन् । उनको श्रीमानको टेकु अस्पताल त्रिपुरेश्वरमा उपचार भैरहेको छ ।

३ सन्तान लिएर ३ दिनदेखि सिंहदरबार धाइरहेकी उनको पेटमा सातादिनदेखि अन्न परेको छैन । ‘म त पानी खाँएर नि बाँचेकी छु, यि केटाकेटीलाई कसरी थेग्ने, भोग लाग्यो भनेर रुन्छन्, कराउँछन् ।’ उनले गहभरि आँसु चुहाउँदै भनिन् ।

घर खर्च जुटाउन भारत गएका श्रीमान एचआइभी बोकेर घर फर्किएपछि परिवार विच्चलीमा परेका हुन् । केही महिना अघि विरामी भएर जचाँउदा श्रीमानलाई एचआइभी देखिएको र थप उपचार गर्न काठमाडौं जान डाक्टरले सल्लाह दिएपछि उनीहरु काठमाडौं आएको शान्तले बताइन् ।

जाजरकोटमा उनीहरुको सानो झुपडी बाहेक केही छैन । जिविको धान्न अरुको खेत खनजोत गर्थे । खेतीपतीको सिजन बाहेक अरु समय श्रीमान भारत जाने गर्थे । काठमाडौं आएदेखि कमाई गर्न पाएको छैन ।

टेकु अस्पतालले श्रीमती र सन्तानमा पनि एचआइभी हुनसक्ने भनेपछि परिक्षणका लागि शान्त ३ सन्तान लिएर काठमाडौं आएकी थिइन् ।
उनको १० वर्षकी छोरी, ५ वर्षका छोरा र ३ वर्षकी छोरी छन् । अस्पतालले अहिले चारै जनामा एचआइभी नदेखिएपनि ६ महिनामा फेरि रगत जाँच गर्नुपर्ने बताएको शान्तले बताइन् ।

तर शान्तलाई श्रीमानको उपचारसंगै ३ सन्तान कसरी काठमाडौंमा पाल्ने भन्ने पिरलो छ । केही महिना साथीकोमा बसेर पनी अहिले कोठा भाडामा बसेका उनीहरु भाडा तिर्न सक्ने अवस्थामा छैन ।

‘घरबाट आउँदा १५ हजार ऋण लिएर आएकी थिए । सबै सकियो । कहाँ जाने, के गर्ने, केही गर्ने, केही सोच्न सकिरहेको छैन’–शान्तले भनिन् ।
‘३ दिन अघि गृह मन्त्रालय जाँदा ३ जनाले सय÷सय रुपियाँ दिएको र त्यही पैसाले चाउचाउ र विस्कुट किनेर पानीमा भिजाएर छोराछोरी खुवाइदिएको उनले बताइन् । ‘मैले खाइन । मैले खाएपछि फेरी उनीहरु भोकै हुन्छन्’–शान्तले भनिन्

सहयोगको याचना गर्दै विभिन्न मन्त्रालय धाएपनि सहयोग नपाएको उनले बताइन् । खाने गाँस छैन । बसेको पैसा तिर्न नसकेर घरबेटीले कतिवेला निकाल्ने हो थाहा छैन उनलाई । साथीको सहयोगमा गृह र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय ३ दिन धाएर मन्त्री भेट्न नपाएपछि उनी निरास छिन् ।

‘जहाँ गएपनि तपाई जस्ता हजारौं आउछन् भन्दै हर्कोदै बाहिर पठाउँछन्, शान्तले भनिन्– ‘मन्त्री ज्युलाई भेटेर सहयोग माग्छु भने । मन्त्री ज्यु छैनन् भनेर भेट्नै दिएनन् ।’

दशै नजिकिएपनि उनीहरुलाई घर जाने बाटो छैन । श्रीमान हिड्न सक्ने भएपनि उनी हिडेरै घर जान चाहन्छिन् । गाउँमा मेलापात गरेरै भएपनि हातमुख जोर्ने बाटो हुने उनले सुनाइन् । ‘बुढा हिड्न सक्दैनन्, सक्ने भए जति दिन लगाएरै भएपनि हिडेर गाउँ फर्कन्थे, उनले भनिन्–गाउँ गए हातमुख जोर्ने बाटो त हुन्थ्यो । शहरमा त घर ठूला मन साना हुँदारहेछन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: