‘ओलम्पिक खेल्ने सपना अधुरै रह्यो’


प्रकाशित मिति :2017-09-15 10:22:45

-महिला खबर संवाद-

तेक्वान्दो खेलकी चर्चित खेलाडी हुन् आयशा शाक्य । ३० वर्षीया आयशाले आफ्नो खेल जीवनमा थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कार जितिसकेकी छन् । सन् २००६ को १० औँ दक्षिण एसियाली खेलकुद सागमा रजतपदक, सन् २०१० को ११ औँ सागमा स्वर्णपदक लगायतका थुप्रै उपाधी जित्न सफल आयशा पछिल्लो समय के गर्दैछन् त ? तेक्वान्दो खेलाडी दीपक विष्टसँग प्रेम विवाह गरेकी आयशाकी ८ बर्षकी छोरी पनि छन् । उनै चर्चित खेलाडी शाक्यसँग महिला खबर संवाददाता सन्दिप विकले गर्नुभएको कुराकानी ।

अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले गेम छैन । घरधन्दा मै व्यस्त छु । एउटा हाउस वाइफले गर्ने सबै काम गर्छु । यसबाहेक इन्टरनेशनल किन्डर गार्डेन भन्ने बच्चाहरुको स्कूल छ । त्यहाँ गेम सिकाउँछु ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमै चर्चा कमाइसकेको तेक्वान्दो खेलाडी विवाहपछि एकाएक ब्रेक लाग्यो नि किन ?

म खेलबाट ब्रेक भएको छैन । हाम्रो समाजमा एउटा महिला सन्तानपछि मात्र पूर्ण हुन्छ भन्ने मान्यता छ । त्यो कारणले कम गरेकी हुँ । तर विवाहपछि पनि मैले थुप्रै गेमहरु खेले । मेडलहरु ल्याए । मलाई धेरै अवसर आएको छ । परिवारबाट पनि साथ पाएको छु ।

खेलमा कहिलेदेखि लाग्नुभयो ?

म सानैदेखि खेलमा खुब इच्छा राख्थे । जब म आठ वर्षकी  थिएँ, त्यही बेलादेखि मैले टाइगन टु खेल्न सुरु गरे । त्यसभन्दा अघि एक वर्ष जति मैले जेम्न्याष्टिक सिकेको थिए ।

थुप्रै पुरस्कार जिति सक्नुभएको छ ? नेपालको नाम चिनाउनुभयो । खेल क्षेत्रमा लाग्ने प्रेरणा ?

म सानै उमेरदेखि खेलप्रति रुची राख्थे । खेल्थे पनि । मेरो छिमेकमा दिदीहरु भन्दा दाईहरु बढी थिए । उहाँहरु क्रिकेट, व्याटमिन्टन, वास्केटवल खेलिरहेको देखेपछि म पनि उहाँहरुकै पछि लागेर खेल्न थाले । बाबाले पनि मलाई गेममा इन्ट्रेष्ट रहेछ भनेर नजिकैको टाइगन्टु डोजाङमा भर्ना गराइदिनुभयो ।

त्यहाँ मेरै बाबाको साथी  हुनुहुन्थ्यो ईश्वरमान बज्राचार्य । उहाँ मेरो पहिलो गुरु हुनुहुन्छ । उहाँले सिकाउन थाल्नुभयो । मेरो प्रेरणाको स्रोत बाबा हो । उहाँले मलाई प्रोत्साहन दिनुभयो, इन्करेज गर्नुभयो ।

खेल क्षेत्र सुरु गर्दा धेरै सपनाहरु थिए होलान् । पुरा हुन सक्यो त ?

सुरुमा त थिएन । सानै थिए । जब म खेल क्षेत्रमा संलग्न हुँदै गए । व्याकबेल्ड सम्म पुगे । थुप्रै प्रतियोगितामा सहभागि भए, जिते ।

पहिला खेल्ने रुचि मात्र थियो, पछि सपना ठूला–ठूला हुन थाल्यो । यो गेम खेल्ने, त्यो गेम खेल्ने भनेर । ठूलै सपना बोके । ओलम्पिकसम्म खेल्ने इच्छा थियो । तर त्यो खेल्न सकिएन । ओलम्पिक खेल्ने इच्छा अझै अधुरै छ । थुप्रै इच्छाहरु त पुरा भए तर कुनै इच्छाहरु अझै अधुरै छ ।

किन पूरा हुन सकेनन् ?

धेरै समस्याहरु भए । हाम्रो गेम एउटा टेक्निकल भन्दा पनि हाइट वइज गेमहरु हुन थाल्यो । जब ठूलो वइटमा खेल्न थाल्यो तब म भन्दा अग्ला अग्ला मान्छे आउने । जिती राखेपनि कारणवंश अग्लोको हाइटको कारणले गर्दा हार्न पुगेको अवस्था पनि आयो । त्यो एउटा कारण थियो । अरु पनि थुप्रै कारणहरु छन् ।

महिला भएर खेल क्षेत्रमा लाग्न संघर्ष त धेरै गर्नुभयो होला ? कतिको सहज थियो खेल क्षेत्रमा आउन ?

महिला दिदी बहिनीहरुलाई खेल लगायत कुनैपनि क्षेत्रमा लाग्न धेरै गाह्रो छ । पढाई बाहेक अरु क्षेत्रमा लाग्न धेरै नै गाह्रौ हुन्छ  ।  झन् खेल क्षेत्र भनेको त एउटा फिजिकल्ली स्ट्रोङ चाइने कुरा हो । यस क्षेत्रमा आउन महिलाहरुलाई धेरै नै संघर्ष गर्नुपर्छ । त्यसमा म आफूलाई धेरै नै भाग्यमानी ठान्छु । किनकी मैले धेरै संघर्ष गर्नुपरेन । सायद ट्रेनिङमा मलाई धेरै दुःख भयो होला । तर अरु महिलाहरुले जुन संघर्ष गरे त्यो भन्दा मैले गरेको संघर्ष केही होइन भन्छु । किनकी मेरो परिवारबाट मलाई धेरै सपोर्ट थियो ।

अहिले गृहणी पनि हुनुहुन्छ ? खेल क्षेत्र सँगसँगै घर गृहस्थी सम्हाल्न कतिको सहज छ ?

म एकदम भाग्यमानी छु । किनकी श्रीमानको परिवारबाट पनि खेल क्षेत्रमा लाग्न सर्पोट छ । श्रीमान पनि एउटा खेलाडी भएको कारण ।

सबैले बुझ्नुहुन्छ । एउटा खेलाडी भएपछि के हुन्छ, घरमा कति समय दिन सकिन्छ भनेर । उसलाई के कति कुरामा छुट दिनुपर्छ भनेर सासु ससुरा सबैले बुझ्नु भएको छ ।  तर एउटा खेलाडी गृहणी भएपछि गाह्रो त अवश्य नै हुन्छ । घर गृहस्थी सम्हाल, आफनो गेम हेरे । मलाई परिवारको साथले नै त्यति असहज भएको छैन ।

एउटा महिला खेलाडीका लागि अवसर र चुनौतिहरु के के छन् ?

महिला खेलाडीलाई अवसर त धेरै छन् । तर महिलालाई अगाडी बढ्न परिवारको सहयोग धेरै चाहिन्छ । विवाहपछि श्रीमानको सहयोग । परिवारको सहयोग भयो भने कुनैपनि महिलाले अवसर गुमाउनुपर्दैन ।
पारिवारिक सहयोग विना गाह्रो छ । समाज महिलामैत्री छैन । परिवारको पनि छोरी यो क्षेत्रमा नगए हुन्थ्यो भन्ने सोच हुन्छ । एउटा महिलाको लागि मुख्य चुनौती भनेको यही हो । जब घरपरिवार र समाजको दृष्टीकोण सकरात्मक हुन्छ, महिलाका लागि धेरै सम्भावनाहरु छन् ।

खेल क्षेत्रमा फर्कन श्रीमानको सपोर्ट कतिको छ ?

श्रीमानको मलाई एकदम सर्पोट छ । उहाँ पनि खेलाडी भएको नाताले मलाई पूर्ण सर्पोट छ । अहिले पनि उहाँले तिमी खेल, तिमिलाई केही भएको छैन । तिमि खेल्न सक्छौ भनेर इन्करेज गरिरहनुुहुन्छ ।

भावी योजना के छ ?

मेरो भावी योजना अझै कसरी तेक्वान्दोमा मेडल जित्न सकौ‌ भन्ने छ । मैले थुप्रै योजना सोचेको छु । अहिले सम्म रिटायरमेन्ट लिएको छैन । अझैपनि गेम खेल्ने, मेडल ल्याउने इच्छा छ । मैले मेडल ल्याए भने देश र मेरो लागी पनि राम्रो हो । अर्को योजना प्रशिक्षक भएर नेपालमा धेरै राम्रा राम्रा खेलाडी जन्माउने ठूलो इच्छा छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: