सिंह दरबारको अधिकार गाउँ तहमा नआउँदा अपाङ्गलाई शास्ती


प्रकाशित मिति :2017-09-15 13:08:46

-पार्वती पाण्डे- 

कपिलवस्तु । ५ वर्षिय वालवालिका देखि ७० वर्षिय वृद्धाहरु आफन्तको साहार लिएर शास्ती खेप्दै जिल्लाको सदरमुकाम तौलिहवा धाउने गर्छन । उनीहरु आफ्नो पहिचानका लागि महिला तथा वालवालिका कार्यालय कपिलवस्तु वाट अपांगता परिचय पत्र लिनका लागि कोहि हिृल चेयरमा त कोहि निकै अप्ठ्यारो सँग आफन्त सँग धाउने गरेका छन । अझै बढि समस्या अपांग महिलाहरुलाई हुने गरेको अपांग महिला मधु पोख्रेलले बताईन । महिला तथा वालवालिका कार्यालयका अनुसार गत असार मशान्त सम्ममा जिल्लामा ३ हजार ९ सय १५ जनाले अपांगता परिचय पत्र पाएका छन । जसमा महिला १४ सय ९९ र पुरुष २४ सय १६ रहेका छन । जस अनुरुप पुर्ण अपांगता भएका महिला १ सय ६७ रहेका छन । जसमा पुरुष ३ सय ७ रहेका छन । पूर्ण अशक्तलाई मात्र यस्तो रातो कार्ड दिने गरिन्छ । यिनीहरुले राज्य वापत मासिक रु २ हजारका दरले सुविधा पाउने गरेका छन ।

कार्यालयका प्रमुख कमला पौडेलका अपांगता भएका व्यक्तिहरुमा सचेतना वढेका कारण गाउं गाउंवाट अपांगहरु आफ्नो पहिचान र राज्य वाट पाउने सुविधाका वारेमा जानकार लिन कार्यालयमा आउने क्रम वढेको प्रमुख पौडेलले प्रष्ट्याईन । स्थानिय तहको सिफारिस , स्वास्थ्य परिक्षण , नागरिकताको फोटोकपी , जन्मदर्ताको सिफारीस , प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चिकित्सक सहितको प्राविधिक टोलीले निरक्षण गरि सिफारिस गरे पछि महिला तथा वालवालिका कार्यालयले अपांङ्गता भएका ब्यक्तिलाई चार प्रकारको कार्ड दिने गरेको छ – प्रमुख पौडेलको भनाई छ । स्थानिय तहलाई हाल सम्म यस प्रकारको अधिकार प्रत्यायोजन भएको जानकारी नआएको पौडेलको भनाई छ ।

रातो कार्डलाई पुर्ण अशक्त क वर्गको कार्ड मानिन्छ भने त्यसै गरि निलो ,पहेलो र सेतो कार्डलाई क्रमश ख , ग र घ वर्गको कार्ड भनेर बुझिन्छ । ख वर्ग निलो अर्थात् अति अशक्त महिला ५ सय ५२ र पुरुष ८ सय ८२ रहेका छन । त्यसै गरि ग वर्ग पहेलो मध्यम अशक्त महिला ५ सय ९० र पुरुष ९ सय १८ रहेका छन । कार्यालयमा आउने घ वर्ग सेतो अर्थात् सामान्य अपांगमा महिला १ सय ९० र पुरुष ३ सय ९ रहेको कार्यालयले जनाएको छ । अपांगता भई कार्ड लिनेहरुमा शारीरिक , दृष्टिविहिनता , वहिरा , सुस्त श्रवण , मानसिक अपांगता , वौद्धिक अपांगता , अस्वस्थता र वहुअपांगता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सेतो कार्ड अर्थात् सामान्य अपांगतालाई अपांङ्गताको सामान्य परिचय पत्र मानिने र यसका आधारमा कुनै सेवा सुविधा नपाइने भएकाले अपांङ्गता भएका ब्यक्तिहरुले यस्तो कार्ड वनाउन त्यति ध्यान नदिने गरेको कार्यालयको भनाइछ ।

पुर्ण अशक्त भएका अपांगहरुले राज्य वाट पाउने रु २ हजार रुपियां जिल्लाको पायक पर्ने स्थान नगरपालिका र गाउँपालिका वाट पाउने गरेको कार्यालयले जनाएको छ । विभिन्न किसिम वाट अपांगता भएका व्यक्तिहरुमा पछिल्ला दिनहरुमा सचेतना वढेका कारण उनीहरु आफ्नो हक अधिकार खोज्दै पहिचानका लागि परिचय पत्र वनाउने क्रम वढेको अपांग उत्थान समाज कपिलवस्तुका संस्थापक अध्यक्ष मित्रलाल शर्माले वताए । स्थानिय तहको निर्वाचन भई जनप्रतिनिधिले स्थानिय तह बाटै काम शुरु भएको पनि करिब २ महिना पुग्नै लाग्दा पनि अपांगता भएकाहरु आफ्नो पहिचानका लागि जिल्ला धाउनु अत्यन्तै दुःखद हो उनले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: