बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मीको अभाव


प्रकाशित मिति :2017-09-15 15:25:02

-सर्मिला बुढाथोकी-

दोलखा । जिल्लाको बिभिन्न स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर स्थापना गरिएको भएपनि दक्ष प्रसूतिकर्मी (एसविए तालिम प्राप्त) तथा आवश्यक उपकरण नहुँदा ग्रामीण भेगका सुत्केरी महिलाहरु सदरमुकाम चरिकोट र जिल्ला बाहिरा धाउन बाध्य भएका छन् ।

सुत्केरी सेवाका लागि बिभिन्न गाँउपालिका तथा नगरपालिकाका ३३ वटा स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर स्थापना गरिएकोमा ११ बटा केन्द्रका बर्थिङ सेन्टरमा दक्ष प्रसूतिकर्मी (एसविए तालिम प्राप्त) को अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दक्ष प्रसूतिकर्मी भएको स्वास्थ्य केन्द्रमा पनि आवश्यक उपकरण नहुँदा सामान्य समस्या देखिना साथ सुत्केरी महिलालाई सदरमुकाम पठाउने गरेको स्वास्थ्यकर्मीहरु स्वम बताउछन् ।

पवटी स्वास्थ्य चौकीमा रहेको प्रसूति केन्द्र ।

विगत डेढ बर्ष देखि मेलुङ गाउँपालिका –१ पवटी स्वास्थ्य चौकीमा दक्ष प्रसुतिकर्मी नभएको स्वास्थ्य चौकीका ईन्चार्ज कपिलमणी न्यौपानेले बताए ।

स्वास्थ्य सेवामा सुत्केरी गराउन आउने जो सुकैलाई आफ्नो क्षमताले भ्याए सम्मको सेवा दिए पनि नेपाल सरकारको प्रावधान अनुसार दक्ष प्रसुतिकर्मी (एसविए) ले जसरी सेवा दिन नसकिने न्यौपाने बताउछन् ।

भीरकोट स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर खड्का बर्थिङ सेन्टरमा दक्ष प्रसुतिकर्मीमात्र भएर पनि आवश्यक उपकरण र अन्य आवश्यक भौतिक सुविधाको अभावमा सुत्केरी गराउन आउने सबै महिलालाई सेवा दिन नसकिने बताउछन् । ‘दक्ष प्रशुतिकर्मी मात्र भएर हुदैन, खड्का भन्छन् – सहयोगी कर्मचारी र आवश्यक उपकरण तथा भौतिक संरचना भएन भने सामान्य समस्या देखिए पनि सदरमुकाम रेफर गर्नुपर्ने हुन्छ ।’

जफे स्वास्थ्य चौकीका इन्चार्ज अरुणकुमार मिश्र पनि दक्ष प्रसुतिकर्मीले मात्र सेवा दिन नसक्ने बताउछन् । ‘हामीसँग दक्ष प्रशुतिकर्मी त छन् तर अन्य सहयोगी र आवश्यक उपकरण नहुँदा सेवा दिन सकिरहेका छैनौ ।’ इन्चार्ज मिश्रले भने । बर्थिङ सेन्टरमा सुविधा सम्पन्न भवन, सहयोगी कर्मचारीहरु आवश्यक हुने मिश्रको भनाई छ ।

भीरकोट सवास्थ्य चौकीका इन्चार्ज दलबहादुर खड्काले पनि अधिकांश सुत्केरी महिलालाई चरिकोटमै रिफर गर्न बाध्य हुनुपरेको बताए । उनले भौत्तिक संरचनासगै उपकरण र जनशक्ति थप गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाईरेक्टर डा विनोद दंगाल असपतालमा दैनिक तीन जना भन्दा बढी महिलाहरु सुत्ेकरी गराउन आउने गरेको र त्यसमा धेरै महिलाहरु गाँउको बिभिन्न स्वास्थ्य केन्द्रबाट रिफर भएर आउने बताउछन् ।

स्थायी कर्मचारी सरुवा भएर जाने र जिल्ला स्वास्थ्य कार्यालयले करार गरेर तालिम दिएका जनशक्ति जागिर छाडेर अन्यत्र जाने जस्ता समस्या देखिएकोले सबै बर्थिङ सेनटरमा दक्ष प्रशुतिकर्मी नपुगेको जिल्ला स्वास्थ्य कार्यलय दोलखाकी पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: