दलितको समस्या सम्बोधन गर्न उम्मेदवारीः दलित महिला


प्रकाशित मिति :2017-09-15 17:15:09

-यमुना खनाल-

सिरहा । धनगढी नगरपालिका ९ की अरुलिया देबी रामले दलित वडा सदस्य पदमा उम्मेद्धारी दिएकी छन् । वडा नागरिक मन्च, नागरिक सचेतना केन्द्रको नेतृत्वमा बसेर काम गर्दै आएकी रामले आफु र आफ्नो समुदायलाई परेको पीर मर्का थप सशक्त रुपमा उठाउन आफू वडामा उठेको बताइन् ।

धनगढी माई नगरपालिका १४ मा नेपाली कांग्रेसको तर्फबाट जीत मायाँ बिश्वकर्माले उम्मेद्धारी दिएकी छन् । आफू विजयी भए दलित समुदायका छोरीहरुलाई स्कूल पठाउने वातावरण बनाउने बताइन् । ‘दलित समुदायमा छोरीलाई पढाउदैनन्, सानैमा मजदुरी गर्न बाध्य छन्, उनीहरुलाई स्कूल पठाउन पहल गर्छु ।’ जीतमायाँले भनिन् ।

फुल कुमारी राम

धनगढी नगरपालिका १० मा फुल कुमारी रामले नेकपा एमालेको तर्फबाट दलित सदस्यमा उम्मेद्धारी दिएकी छन् । दलित समुदायको राज्यका कुनै निकायमा पहुँच नपुगेकाले आफुले उम्मेद्धारी दिएको बताईन् । उनी भन्छिन ‘जब सम्म दलित समुदायको गाँउ देखि नगर सम्म जिल्ला देखि केन्द्र सम्म नीति निर्मापण गर्ने तह सम्म दलित समुदायको प्रतिनीधित्व हुदैन तब सम्म दलित समुदाय आवाजको सम्बोधन हुदैन । ’उनले पनि दलित बालबालिकाको शिक्षालाई नै जोड दिइन् ।

रुना देबि साफी

रुना देबि साफीले संघीय समाजबादी फोरम नेपालबाट वडा नम्बर १० मा उम्मेद्धारी दिएकी छन् । घरेलु रक्सीका कारण दलित समुदायका महिलाहरु पिडा खप्न बाध्य भएकाले घरेलु रक्सी नियन्त्रण गर्ने पहिलो एजेन्डा रहेको उनले बताईन् । सानैमा बिबाह गर्ने , श्रीमतीको गरगहना बेचेर रक्सी खाने अनि कुटपी गर्ने जस्ता समस्या भएकाले ती समस्या हटाउने छु उनले भनिन् ।

गंगा देबि राम

त्यसैगरी धनगढी नगरपालिका वडा नंम्बर ७ मा गंगा देबि रामले नेकपा माओबादीको तर्फबाट उम्मेद्धारी दिएकी छन् । उनले छुवाछुत अन्त्य र ज्यालामा असमानताका विषय आफ्नो प्राथमिकतामा रहेको बताइन् । धनगढी माई नगरपालिकामा ६४ जना दलित महिलाले सदस्यमा उम्मेद्धारी दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: