‘मध्य रातमा चित्र कोर्छु’ मास्के


वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शनी

प्रकाशित मिति :2017-09-17 10:14:05

– सन्दिप वि.क  –

काठमाडौं । पेशाले उनी नर्स । सोख भने चित्र बनाउने । सौखले बनाएका ३२ वटा चित्र  शिक्षण अस्पताल(टिचिङ) काठमाडौंमा प्रदर्शनीमा राखिएको छ । त्यो पनि बृद्धबृद्धाहरुको उपचारमा सहयोग गर्ने उदेश्यले ।

स्याङजा घर भई हाल चावहिल कपन बस्दै आएकी ३९ वर्षीया रचना मास्के शिक्षण अस्पतालकै नर्सिङ अधिकृत हुन् । उनै मास्केले अस्पताल परिषरमा एकल चित्रकला प्रदर्शनी गरेकी हुन् । नर्सिङ पेशामा झण्डै १९ वर्षदेखि लागेकी मास्केले भारतबाट नर्सिङ वृद्ध साइन्समा स्नातकोत्तर गरेकी छन् ।

सानै उमेरदेखि चित्र बनाउने सोख राख्ने मास्केले चित्र बनाउन न कुनै गुरु नै बनाइन् । न त कुनै विद्यालय नै धाइन् । तर उनको चित्र कुनै चित्रकारका भन्दा कम छैनन् ।

अस्पतालमा भर्ना भएका ७५ वर्ष भन्दा बढी उमेरका असहाय वृद्धावृद्धाको उपचारमा सहयोग गर्ने उदेश्यले चित्र प्रर्दशनी गरिएको उनले बताइन् । प्रदर्शनीबाट ३ लाख रुपैयाँ भन्दा बढी संकलन गर्ने अपेक्षा राखिएको छ । सो रकम असहाय वृद्धवृद्धाका लागि कोष खडा गर्ने उनको योजना छ ।

‘प्रदर्शनीबाट ३ लाख रुपैयाँ भन्दा बढी संकलन हुने अपेक्षा छ, मास्केले भनिन्–‘उक्त रकम अक्षयकोष स्थापना गरि अस्पतालमा असहाय, गरिब बृद्धबृद्धाहरुको उपचारमा सहयोग गर्नेछु ।’

एउटा चित्र ८ हजारदेखि २० हजार रुपैँया मूल्य बराबरका छन् । यसभन्दा अघि मास्केले सन् २००१ मा काठमाडौंको बबरमहल स्थित आर्ट ग्यालरीमा ४२ वटा चित्र प्रदर्शनीमा राखेकी थिइन् । उनका दुई सन्तान छन् । श्रीमान ओम मास्के वरिष्ठ बक्सिङ प्रशिक्षक हुन् ।

‘मध्य रातमा चित्र कोर्छु’

मास्केको अधिकांश समय अस्पतालमा विरामीको सेवामै वित्छ । घर फर्किएपछि घरको अरु काम पनि पुरा गरेकी नै हुन्छिन् । त्यसैले उनी आफ्नो चित्रकलाको सोख पुरा गर्न मध्यरातमै चित्र कार्न थाल्छिन् । चित्र कोर्दाकोर्दै कहिले धेरैजसो राति १-२ बजिसकेको हुन्छ ।
उनले भनिन् –‘दिनको ९-१० घण्टा विरामीकै सेवामा रहन्छु । त्यसैले मध्य राति चित्र कोर्छु ।’ चित्र कोर्दा थकाई मेटिनुका साथै मनलाई एकाग्र गराउने उनले बताइन् ।

उनका हरेक चित्रहरु सत्य घटनामा आधारित हुन्छन् र ति चित्रमा कविताको संयोजन । ‘जब कुनै घट्ना देखे, सुने, त्यो घट्नालाई मैले चित्रद्वारा प्रस्तुत गर्छु र कवितामार्फत त्यसको व्याख्या ।’ मास्केले भनिन् ।

‘सत्य घटनामा आधारित’

प्रिय हेर न दैवको यो कस्तो खेल
तिमी त गयौ संसारै छाडी
देहमा लिई एड्स जस्तो बिमारी
मर्दा पर्दा आफन्त भन्थ्यौ,
अरुको लागि जीउ ज्यानै दिन्थ्यौं
हेर न आलो भर्खरकी सुत्केरी
धर्मले बाँध्यो सुत्केरी परी
बाहिर निस्र्कौ चोखिएकी छैन, तिम्रो लाश छुनेपनि कोही छैन्
पापै लागोस् जे सुकै होस्
तिम्रो लाश बोकी लागे खोला पारि
भर्खरै जन्मेको सातदिने छोरो दिई रहेछ दागबत्ती तिमिलाई ।

सन् २००७ मा कोरेकी चित्र

कुराकै शिलशिलामा एउटा घटना सम्झिन् । ‘अस्पतालमा एकपटक एक जना पुरुषको एड्सका कारण मृत्यु भएको थियो । शव जलाउने मान्छे नहुँदा उनको सुत्केरी पत्नीले श्रीमानको लाश जलाएको कुरा सुने । मनमा कुरा राख्नै सकिन । अनि महिला वेदनालाई चित्रद्धारा कोरे ।’

‘जिउँदै जलेकी नेपाली चेली’

सामन्ति शासनले बिरक्तिएर
बलेको  आगोमा आफैँ होमिए
यो दशलाई स्वतन्त्र राख्न
मैले मेरोअस्मिता गुमाएँ
बदल्छु भनि यो देशको रङ्ग
किलै किलाको जञ्जिर लाए
म एउटा नेपालकी छोरी ।
उनले सम्झिन ।
‘जेलमै बलाकृत भईन् र गर्भवती भईन् । गर्भवती अवस्थामै फेरि बलात्कृत भइन् । त्यसपछि उनी आफैँले जिउँदै जलेको खवर सुने । मन थाम्न सकिन अनि चित्रद्धारा प्रस्तुत गरे । यो सत्या घटनामा आधारित कथा हो ।’ उनले भनिन् ।

‘नारीवादी चित्र कोर्छु’

मास्केका अधिकांश चित्र नारीका वेदनालाई झल्कने खालका छन् । उनी महिलाका समस्या, दुःख भोगाईलाई चित्रद्धारा प्रस्तुत गर्न मन पराउँछिन् । उनले गर्भपतन अनि आमाको मन, रुख अनि नारी जीवन, आमाको माया लगायतका शिर्षकमा चित्रहरु कोरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: