मातृशिशु मृत्युदर कम गर्न सुत्केरी भत्ता


प्रकाशित मिति :2017-09-17 13:22:06

महिला खबर

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ ।

मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार बापत्त उक्त रकम दिने भएको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले बताउनुभयो । गत साउन १ गतेदेखि लागू हुने गरि संचालन गरिएको उक्त कार्यक्रम अन्र्तगत आज, अाजदेखि रकम वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

‘सुत्केरी अवस्थामा महिलाको स्वास्थ्य अत्यन्त कम्जोर हुन्छ । यस्तो अवस्थामा आमा र बच्चा दुवैलाई पौष्टिक आहारको आवश्यक पर्ने भएकाले ५ हजार सुत्केरी भत्ता दिने निर्णय गरेका हौं ।’ उपमेयर आचार्यले भन्नुभयो–‘यो कार्यक्रम साउन १ गतेदेखि नै लागू हुने गरि असोज १ देखि रकम वितरण शुरु गछौं ।’

यसले मातृशिशु मृत्युदर कम गर्न, स्वच्छ शिशु जन्माउन टेवा पुग्ने उहाँले बताउनुभयो । उपमहानगरले गर्भवती महिलाहरुले नियमित चेकजाँच गराउने, नियमित खोप लागाउन, बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यालयबाट जन्मदर्ता गराउन समेत आवहान गरेको छ ।

सरकारले नियमित रुपमा दिदै गरेको ९ सय सुत्केरी भत्तामा उपमहानगरले ४ हजार १ सय रुपैया थप गरि प्रत्येक वडा कार्यालयबाट उक्त रकम प्रदान गर्ने जनाएको छ । त्यसका लागि सूचीकृत संस्थाबाट प्रसूति सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गर्नुपर्नेछ ।
यो रकम पहिलो र दोस्रो सन्तान जन्माउनेलाई मात्र प्रदान गरिनेछ । यो कार्यक्रमबाट कति सुत्केरी लाभन्वित हुने भन्ने यकिन तथ्यांक नभएकाले तथ्याक संकलनको काम पनि भैरहेको उपमेयर आचार्यले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: