संगठित हुँदै कर्णालीका महिला


प्रकाशित मिति :2017-09-17 15:22:02

सागर परियार

जुम्ला । जुम्लाका महिलाहरु सहकारीका माध्यमबाट अहिले संगठित हुँदै समाज रुपान्तरको अभियानमा लागेका छन । पहिले आ–आफ्नै काममा व्यक्तिगत रुपमा हिडिरहेका महिलाहरु हिजोआज सहकारीका माध्यमबाट सामुदायिक काममा एकजुट हुन थालेका हुन ।

सहकारीमा आबद्ध भएपनि उनीहरु मासिक रुपमा बैठक गर्ने, बचत उठाउने र गाउँमा जाँड रक्सी नियन्त्रण गर्ने अभियान समेत थालेका छन् । बैठक बस्दा सुख दुखका कुराहरु साट्ने गरेको पाईन्छ । जाने बुझेका कुरा साटासाट गर्दा क्षमता विकास पनि भैरहेको चन्दननाथ सहकारीका प्रबन्धक ऋषिराम पाण्डेले बताए । पैसाको छेलोखेलो गर्न थालेपछि महिलाहरु आत्मनिर्भर पनि भएका छन् ।

महिलाहरु घरदेखि बाहिरसम्मको काम दत्तचित्त भएर लाग्ने भएकाले महिलाको नेतृत्वमा चलेका सहकारीहरु सक्रिय पनि रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । कर्णालीका झण्डै ६ सय १७ वटा सहकारी मध्ये ७५ प्रतिशत सहकारी महिलाले नेतृत्व गरेका छन् ।

लालीगुराँस सहकारी छुमचौरकी अध्यक्ष जौकला बुढा सहकारीले महिला सांगठित मात्र होईन, क्षामतावान भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले घरधन्दा र चुलौ चौकोमा सिमित रहने महिला अहिले गाउँका हरेक विकास निमार्णको निर्णय प्रकृयामा सक्रिय सहभागिता जनाउन थालेका छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: