तीन महिला सम्मानित


प्रकाशित मिति :2017-09-17 16:44:05

अप्रिल अधिकारी

काठमाण्डौ । रामेछाप सांस्कृतिक कलाकार समाजले शनिबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका तीन जना रामेछापका महिलालाई सम्मान गरेको छ ।

समाजले अभिनेत्री मिथिला शर्मा, खेलाडी भावना सुनुवार र गायिका सीता थापालाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल सरकारका गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले प्रमाण पत्र र रामेछाप क्षेत्र नं १ का सांसद आङटावा शेर्पाले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

समाजले सोही अवसरमा राष्ट्र सेवकका रुपमा बेदबहादुर कार्की, वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझी, वरिष्ठ रचनाकार रेशम थापा, पत्रकार मात्रिका पौडेल, गायक रोज मोक्तान, जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, गायक तथा रचनाकार राजेन्द्र कुमार कार्की र समाजसेवीका रुपमा रमेशबाबु श्रेष्ठ र हरिशंकर चौधरीलाई समेत सम्मान गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: