४५ प्रतिशत बालिका छिमेकीबाट बलात्कृत


प्रकाशित मिति :2017-09-18 14:51:59

महिला खबर

काठमाडौं । नेपालमा ४५ प्रतिशत बालिका छिमेकीबाट बलात्कार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

केन्द्रिय बालकल्याण समितिले आर्थिक वर्ष २०७३ को साउनदेखि २०७४ असार मसान्तसम्मका विभिन्न सञ्चार माध्यममा प्रकाशित बाल संरक्षणसँग सम्बन्धित घटनाहरु समावेश गरी तयार पारेको प्रतिवेदनमा ४५ प्रतिशत बालिका छिमेकीबाट बलात्कृत हुने गरेको तथ्य सार्वजनिक गरेको हो ।

समितिले एक वर्षको अवधिमा सञ्चार माध्यममा ९६ जना बालिका बलात्कार भएका घटनाहरु प्रकाशित भएको बताएको छ ।

समितिले सबैभन्दा बढी छिमेकीबाट ४५ प्रतिशत (४३ जना), चिनजानको व्यक्तिबाट २९ प्रतिशत (२८ जना), आफ्नै बुबाबाट १३ प्रतिशत (१२ जना), शिक्षकबाट ७ प्रतिशत ( ७ जना) र घरेलु श्रमिक बालिका मालिकबाट ६ प्रतिशत (६ जना) बालिका बलात्कार भएका बताएको छ ।
९६ जना बालिका बलात्कृत भएकोमा १ सय २१ जना व्यक्तिहरु प्रत्येक्ष संलग्न देखिएको प्रतिवेदनमा उल्लेख छ । जसमा १८ वर्ष मुनिका ३४.७ प्रतिशत रहेका छन् । अध्ययनले मोबाइलमा अश्लिल सामग्री देखाएर समेत बलात्कार गर्ने गरेको पाइएको छ ।

१० देखि १७ वर्ष उमेर समूहका बालिका बढी बलात्कृत

बलात्कृत हुने बालिकाहरुमा सबैभन्दा बढी १० देखि १७ वर्ष उमेरका रहेको बाल कल्याण समितिको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा १० देखि १७ वर्षका ५५ प्रतिशत (५२ जना), ५ देखि १० वर्ष उमेरका ३३ प्रतिशत (३३ जना) तथा ५ वर्षभन्दा मुनिका १२ प्रतिशत (११ जना) बालिका बलात्कृत भएका छन् । उमेर नखुलेका ६ प्रतिशत रहेको छ ।

बलात्कारका घटना चैतदेखि साउनमा बढी

समितिले चैतदेखि साउन महिनामा बालिका बढी बलात्कृत भएको बताएको छ । चैतदेखि साउन महिना अर्थात ४ महिनामा ५० प्रतिशत (४८ जना) बालिका बलात्कार भएका छन् । मंसिर देखि फागुनसम्ममा ३० प्रतिशत (२८ जना) र साउनदेखि कार्तिकमा २० प्रतिशत (२० जना) बालिका बलात्कार भएका छन् । यस अवधिमा २४ प्रतिशत (२२ जना) सामूहिक बलात्कारमा परेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: