महिलाहरुको पहलमा गाँउमै रेमिन्ट्यान्स सेवा


प्रकाशित मिति :2017-09-18 14:59:35

-मिहला खबर-

सिन्धुपाल्चोक । जुगल गाँउपालिका–७ हगामकी कान्छीमाया लामालाई अघिल्लो महिनासम्म विदेशबाट पठाएको पैसा लिन दुई दिन धाएर जलबिरे वा बनेपा जानुपथ्र्यो ।

यो महिना भने आफ्नै गाँउको रेमिन्ट्यान्स सेवावाट पैसा झिक्ने तयारीमा उनी छिन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेका उनको घरमा हरेक महिना रेमिन्ट्न्स भित्रन्छ ।

गुराँसमय बचत तथा ऋण सहकारी संस्था मार्फत गाउँकाA महिलाहरुको पहलमा गाउँमै रेमिट्यान्स सेवा लिन पाउने भएपछि कान्छीमाया मात्रै होइन हगामवासीमा नै खुसी छाएको छ ।

यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन् । महिलाहरुलाई विदेशबाट आएको रकम लिन २ दिन हिँड्नुपर्ने बाध्यता थियो । अब भने परिवारका पुरुष सदस्यले पठाएको पैसा गाँउमै लिन सक्ने अवस्था वनेपछि हगामका महिलाहरु दुई दिन खर्चेर पैसा लिन जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

विदेशबाट पठाएको रकम लिन महिलाहरु टाढा जानुपर्ने समस्या हटाउन गाँउमा रहेका सहकारीका महिलाहरुको पहलमा रेमिन्ट्यानस सेवा सुरु गरिएको गुराँसमय सहकारीका कोषाध्यक्ष मैना तामाङले जानकारी दिनुभयो ।

‘हगाम गाँउबाट मात्रै ३ सय बढी विदेशमा छन् । मासिक रुपमा विदेशबाट पठाएको पैसा लिन जलबिरे वा बनेपा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँमै सेवा प्रवाह गरिएको हो ।’ गुराँसमय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुकलाल तामाङ भन्नुभयो, ‘अनलाईनबाटै

मोवाईल रिचार्ज, डिसहोम्को रिचार्ज र बिजुली महसुल तिर्ने व्यवस्था समेत गरेका छौ ।’
सहकारीकी कोषाध्यक्ष मैना तामाङल सहकारीले आगामी पाँच वर्षको योजना समेत बनाएको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: