सुरक्षित गर्भपतनलाई अधिकारको रुपमा लिन जोड


प्रकाशित मिति :2017-09-18 17:40:07

–महिला खबर–

ललितपुर । सुरक्षित गर्भपतनलाई महिलाको अधिकारको रुपमा लिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

युथ च्याम्पियन एड्भोकेसी नेपालको आयोजना तथा एसिया सेफ एर्भोसन पाट्र्नसिपको सहयोगमा ललितपुरको पुल्चोकमा आयोजना गरिएको लैंगिक दृष्टिकोणबाट सुरक्षित गर्भपतन विषयक अन्र्तक्रियामा सहभागिले सो कुरामा जोड दिएका हुन् । गर्भपतनलाई अपराधको रुपमा लिन नहुने उनीहरुको निष्कर्ष थियो ।

सांसद आनन्दी पण्डितले असुरक्षित गर्भपतनका कारण धेरै महिलाको मृत्यु हुने गरेको भन्दै गर्भपतनलाई महिलाको मौलिक हकको रुपमा राख्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षित गर्भपतन सम्बन्धी विधेयक संसदमा छलफल हुन बाँकी रहेको र छिट्टै संसदबाट पास हुने बताउनुभयो ।

स्वास्थ्य सचिव किरण रेग्मीले नेपालमा गर्भपतनले कानुनी मान्यता पाइसकेको भन्दै सुरक्षित गर्भपतनलाई सरकारले नै सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो ।

एसिया सफ एर्भोसन पार्टनरसिपकी डा. सुचित्रा डलवीले गर्भपतनलाई हेर्ने पितृसतात्मक सोचलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले समाज अझैपनि छोरा चाहिन्छ भन्ने मान्यताले असुरक्षित गर्भपतन हुने गरेको बताउनुभयो ।

नेपाल हेल्थ सेक्टर सर्पोट प्लानकी डा. इन्द्रा बस्नेतले सुरक्षित गर्भपतन सेवाको दायित्व सरकारको भएको भन्दै यसलाई आधारभूत सेवाको रुपमा सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनभयो ।

आइपास नेपालका दिर्घराज श्रेष्ठले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएपनि मानसिकतामा भने परिवर्तन हुन नसकेको बताउनुभयो ।

वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र(कृपा)का निर्देशक आनन्द तामाङले ग्रामिण क्षेत्रका महिलाहरुमा सुरक्षित गर्भपतन सम्वन्धि ज्ञान नहुँदा समस्या हुने गरेको बताउनुभयो । महिलाहरुलाई सुरक्षित गर्भपतन गर्ने अधिकार भएपनि परिवारका दवावका कारण गर्भपतन गर्नबाट रोकिने गरेको बताउनुभयो ।

केन्द्रिय प्रजनन् अधिकार(सिआरआर)का पूर्ण श्रेष्ठले नेपालमा विगत १५ वर्षमा गर्भपतनका विषयमा धेरै परिवर्तन भएपनि त्यतिकै चुनौति रहेको बताउनुभयो ।

युथ च्याम्पियन एड्भोकेसी नेपालकी अध्यक्ष स्मृति थापाले सुरक्षित गर्भपतनलाई लैंगिकताको दृष्टिकोणले हेर्नुपर्ने भन्दै असुरक्षित गर्भपतनलाई शून्यमा ल्याउनुपर्ने बताउनुभयो ।

युथ च्याम्पियन पुष्पा जोशीले महिलालाई महिनावारी हुँदादेखि नै विभेद हुने गरेको भन्दै गर्भपतनका विषयमा सचेतनाको आवश्यकतामा जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: