‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’स्थापना


प्रकाशित मिति :2017-09-18 17:08:22

-महिला खबर-
काठमाडौँ । स्रष्टा पुष्पा खनालले आफ्नो स्व आमाको स्मृतिमा ‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’ पुरस्कार स्थापना गर्नुभएको छ ।

सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाई साहित्यिक रचना गर्ने मोफसलका नारी स्रष्टालाई सो सम्मान प्रदान गरिने स्रष्टा खनालले जानकारी दिनुभयो ।

खनाल नेपाल स्रष्टा समाजको कोषाध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका सञ्चारविज्ञ पदमा कार्यरत हुनुहुन्छ । आमाको प्रेरणाले साहित्यमा कलम चलाउन उत्प्रेरणा मिलेकाले आमाको सम्मान र सम्झनामा पुरस्कार स्थापना गरेको उहाँले बताउनुभयो । स्रष्टा समाजको १० औँ वार्षिक साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गर्नुभएको थियो ।

अगामि बर्षदेखि प्रदान गरिने सो सम्मानको राशि १०,१११ रुपैयाँ रहेको छ ।
खनालकी आमा दमन्ता खनालको गत माघ २६ गते ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: