स्वास्थ्यकर्मी नै छाउगोठमा


प्रकाशित मिति :2017-09-18 17:13:29

-सागर परियार-

जुम्ला । तिला गाउँपालिकाकी सरिता सेजुवाल अनमी हुन् । उनी महिला र बालबालिकाको स्वास्थ्य तथा सरसफाइका विषयमा अरुलाई सिकाउँछिन् । महिनावारी हुँदा महिलालाई घरमै बस्न दिनुपर्ने उनको पनि सोच छ । तर, सामाजिक मान्यतालाई तोड्न नसक्दा उनी आफै महिनावारी भएका बेला गोठमा बस्न बाध्य छिन् ।

स्वास्थ्यकर्मी भएपनि उनलाई झन दोहोरो पिडा भएको सुनाइन् । ‘महिनावारी हँुदा सधै भागेर सदरमुकाम जाने गरेकी छु, नत्र छाउगोठमै बस्नुपर्ने बाध्यता छ ।, उनले दुखेसो पोख्दै भनिन्, यस्तो बेला न घरमा बस्न दिन्छन्, न त विरामीले नै छुन दिन्छन् ।’

तिला गाउँपालिकामा आयोजित स्वास्थ्य संस्थाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सरिताले आफ्ना पीडा सुनाएकी थिइन् । महिनावारी भएको बेला स्वास्थ्य चौकी आएका बिरामी समेत छुन नमान्ने उनले सुनाइन् ।

जिल्लामा महिला तथा बालबालिका कार्यालयले पाँचवर्षीय सामाजिक कुप्रथा छुई अन्त्यको रणनीतिक योजना अनुमोदन गरिसकेको छ । विद्यामान छुई प्रथा न्यूनिकरणका लागि कार्यान्वयन प्रभावकारी भए राम्रो प्रभाव पार्ने महिला विकास अधिकृत गोमा प्रसाईं बताइन् । विगतभन्दा यो प्रथा छोड्नेको संख्या बढ्दै गएको उनको दाबी छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यो संस्कार पूर्ण रूपले निराकरण नभए पनि विस्तारै घटाउनतर्फ स्थानीय सरकार लागि परेको बताए । तर, जिल्लामा अधिकांश महिला स्वयंसेविकाहरु महिनावारीका बेला छुई गोठ जान बाध्य भएको स्थानीयवासी बताउँछन् ।

अहिले पनि जुम्लामा महिनावारीका बखत ३ देखि ७ दिन सम्म गोठमै बस्ने प्रचलन छ ।

सरकारले दीर्घकालीन र अल्पकालीन योजना समेटेर छाउपडि उन्मुलन निर्दे्शिका २०६४ ल्याएको छ । गाउँबस्तीमा छाउपडी प्रथा अन्त्यबारे अभियान नचलेका होइन । तर सामाजिक संघ संस्थाका कार्यक्रम दिगो नहुने र सरकारले छाउप्रथा बारेको अभियानलाई गम्भीरतापूर्वक अघि नबढाउँने गरेकाले समस्या ज्यूँका त्यूँ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: