महिलाको सुरक्षाको लागि निडर एप(भिडियो सहित)


प्रकाशित मिति :2017-09-18 17:46:42

-महिला खबर –

ललितपुर । महिलामाथि हुने हिंसाका घटनालाई कम गर्न भन्दै बनेको ‘निडर एप’लाई प्रभावकारी बनाउन सरोकारवाला निकायले आग्रह गरेका छन् । अष्ट्रेलियन एडको सहयोगमा उज्यालो फाउन्डेसनले हिंसा कम गर्ने उद्देश्यले दुई वर्षअघिदेखि नै सञ्चालनमा ल्याएको निडर एपलाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।

महिलामाथि कुनै स्थानमा हिंसा भएमा वा हुन लागेमा डर त्रास बिना नै मोबाइलमा यो एप प्रयोग गर्ने व्यक्तिले रिपोर्टिङ गर्न सक्छ । यसबाट यो एपको मोबाइलमा प्रयोग गर्ने उनका आफन्त र सुरक्षा सर्कललाई सूचना जान्छ । महिला सुरक्षित हुन सक्छिन् ।

निडरकी कार्यक्रम अधिकृत ग्रीष्मा ओझाका अनुसार यस एपमा भएको आकस्मिक बटनमा दवाएमा घण्टी बज्छ जसले महिला हिंसामा पर्दैछ वा परेको छ भनेर यो एप प्रयोग गर्ने उनका परिवार, साथीभाईलाई जानकारी पुग्छ ।

निडर एपबाट हिंसामा परेको वा पर्न लागेको छ भने जिपिएस अन गर्ने बिक्तिकै उसको अवस्था र लोकेसनको बारेमा जानकारी पुग्ने भएकोले यो सुरक्षाको लागि अत्यन्तै प्रभापकारी हुन सक्ने उहाँले जानकारी दिनुभयो ।  यो एप प्रयोग गर्नको लागि स्मार्ट फोन प्रयोगकर्ता हुनुपर्छ । स्मार्ट फोनमा फ्रि डाउनलोड गर्न सकिन्छ । सुरक्षा प्रभावकारीताको हिसाबले अत्यन्तै उपयोगी निडर एपलाई धेरैले प्रयोग गर्ने बनाउन के गर्न सकिन्छ भनेर सोमबार अन्तरक्रिया भएको हो ।

उज्यालो फाउण्डेसनकी संस्थापक एवम् कार्यकारी निर्देशक अमुदा मिश्रले समाजमा महिलाहरु भावनात्मक एवं आर्थिक रुपमा समेत हिंसामा पर्ने गरेपनि प्रहरीमा रिपोर्ट भने नगर्ने भएकोले महिलाका लागि निडर एप ले सहयोग गर्ने बताउनुभयो ।

गभर्नेन्स एण्ड ग्लोबल कार्यक्रमका कार्यक्रम अधिकृत काम्क्सी राईले एपको माध्यमबाट निडर भावना लिएर आफ्नो सुरक्षाको लागि आफै आवाज उठाउन सकिने बताउनुभयो । उहाँले समाजमा हुने हिंसाबाट बञ्नका लागि महिलालाई यो एप उपयोगी हुने बताउनुभयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले एपलाई सात वटै प्रदेशमा विस्तारका साथै प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

यो पनि हेर्नुहोस्

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: