चित्रकला प्रर्दशनीमा झण्डै ३ लाख संकलन
‘वृद्धवृद्धालाई सहयोग गर्ने’
–महिला खबर–
काठमाडौं । काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पताल(टिचिङ)का नर्सिङ अधिकृत, नर्स एवम् चित्रकार रचना मास्केको एकल चित्रकला प्रर्दशनीबाट झण्डै तीन लाख रुपैँया संकलन भएको छ ।
उपचारका लागि अस्पताल आएका ७५ वर्षभन्दा बढी उमेरका असहाय वृद्धावृद्धाको उपचारमा सहयोग गर्ने उदेश्यले मास्केले गत भदौ २८ देखि ३ दिनसम्म आफ्नो एकल चित्रकला प्रदर्शनमा राख्नुभएको थियो ।
टिचिङ परिसरमा राखिएको चित्र प्रदर्शनीमा २१ वटा चित्रहरु विक्रि भएको मास्केले बताउनुभयो । उहाँले भन्नुभयो, –‘चित्रकला प्रदर्शनीबाट राम्रो विक्रि भएको छ । अब छिटै कानुनी प्रक्रियाबाट वृद्धवृद्धाको लागि सहयोग गर्छौ । ’
सरकारले ७५ वर्षभन्दा माथिका वृद्धवृद्धाको लागि उपचार खर्च निशुल्क भनेपनि शिक्षण अस्पताल(टिचिङ)मा भने निशुल्क हुन सकेको छैन ।
प्रदर्शनीबाट उठेको रकम अक्षयकोषको रुपमा राख्ने र सो रकमबाट अस्पतालमा भर्ना भएका वृद्धवृद्धा लागि उपचार खर्चमा सहयोग गरिने मास्केले बताउनुभयो । अक्षयकोषको रकम बढाउदै लैजाने उहाँको योजना छ । मास्के विगत १९ वर्षदेखि नर्सिङ पेशा आवद्ध हुनुहुन्छ ।
यो पनि हेर्नुहोस्
Comment Here!