डोल्मा घर फर्किइन्


समाचार प्रभाव

प्रकाशित मिति :2017-09-19 15:32:39

-बिदुर अाचार्य-

सिन्धुपाल्चोक । पाँच वर्ष अघि कुवेत पुगेर सम्पर्क विहीन रहेकी डोल्मा तामाङ आफ्नो घर फर्कन सफल भएकी छिन् । छ कक्षा पढ्दै गरेकी चौतारा साँगाचोकगढी–४ की डोल्मा तामाङ २०६८ सालमा कुवेत पुगेकी थिईन् । आफ्नै जिल्लाको दलाल मार्फत कुवेतमा पुगेर सम्पर्क बिहीन बनाईएकी तामाङ गत साता घर आईपुगेकी हुन् ।

स्थानीय विकास अधिकारी जगन्नाथ पन्त र उनकै आफन्तसँग डोल्मा

महिला खबरले कुबेत पुगेर सम्पर्क विहीन भएकी डोल्माबारे ‘कुवेत पुगेकी डोल्मा पाँच वर्षदेखि सम्पर्कविहीन’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसपछि सुरक्षित आप्रवासन परियोजनाको सहयोगमा डोल्मा घर फर्कन सफल भएकी हुन् । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित परियोजनाले डोल्मा नेपाल फर्केपछि परिवारसँग पुनर्मिलन गराएको छ ।

आफ्नी आमासँग भेटेपछि अँगालो मार्दै खुसीको आँसु झारेकी डोल्माले सुरक्षित तवरबाट मात्रै वैदेशिक रोजगारिमा जान सवै दिदीबहिनीलाई अनुरोध गरिन् । अरु कुनै पनि विषयमा केही बताएकी छैनन् ।

पाँच वर्षसम्म नआएकी छोरीसँग भेट होला भन्ने उनकी आमा छेकुले सोच्न छोडेकी रहिछन् । ‘आजसम्म रात दिन उस्तै थियो, अब मेरो दिन उज्यालो हुनेछ । छोरी फर्की त्यति नै काफी छ । विदेशमा के के भयो विस्तारै सोधौंला ।’ छेकुले भनिन् ।

डोल्मा विदेश जाँदा १७ वर्ष मात्र थिईन । उमेर बढाएर विदेश पुगेकी रहिछन् । छ कक्षा पढ्दै गर्दा ४५ हजार रुपैयाँ खर्चेर कुबेत गएकी उनकी आमाले जानकारी दिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: