शिक्षितबाटै हुन्छ महिलामाथी यौन दुर्व्यवहार


प्रकाशित मिति :2017-09-19 16:40:05

–सन्दिप वि.क–

ललितपुर । सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानहरुमा महिलामाथि शिक्षित व्यक्तिबाट नै यौन दुर्व्यवहार हुने गरेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सञ्चालन गरेको ‘सेफ्टी पिन अभियान’ मा क्रममा पढेलेखेका शिक्षित व्यक्तिबाटै यौन दुर्व्यवहार हुने गरेको पाइएको हो ।

प्रहरीको तथ्याङ्क अनुसार अभियानको क्रममा दुव्र्यवहार गर्नेमध्ये ७१ प्रतिशत साधारण लेखपढ गर्न जान्ने, स्नातकोत्तर अध्ययन गरेका र स्नातक गरेका २-२ प्रतिशत रहेका छन् । यस्तै २५ प्रतिशत भने लेखपढ गर्न नजान्ने रहेका छन् । दुर्व्यवहार गर्ने मध्ये ५१ प्रतिशत विवाहित छन् ।

प्रहरीले अभियानको डेढ महिनामा महिलामाथि दुव्र्यवहार गर्ने ७१ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ४८ जनाले महिलामाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये २४ जनालाई सार्वजनिक अपराध मुद्धा चलाइएको छ । जसमध्ये १६ जना यौन दुव्र्यवहार गर्ने रहेका छन् ।

सार्वजनिक सवारीसाधनमा महिलामाथि हिंसा हुने गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गतेदेखि ‘अभियान’ चलाएको हो ।  अभियानका क्रममा काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा ८८ प्रतिशतले यौन दुव्र्यवहार गरेको पाइएको छ । यस्तै ललितपुरका सार्वजनिक यातायातमा १० प्रतिशत र भक्तपुरको सार्वजनिक यातयातमा २ प्रतिशतले यौनजन्य दुव्र्यवहार गरेका छन् ।  यात्रुलाई दुव्र्यवहार गर्ने मध्ये ७० प्रतिशत १५ देखि २५ वर्ष उमेर समूहका रहेको छन् भने ३० प्रतिशत अन्य उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी निरीक्षक शर्मिला गुरुङले ‘सेफ्टी पिन अभियान’ को उदेश्य सार्वजनिक यातायातमा हुने यौन हिंसालाई कानुनी दायरामा ल्याउनु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘अझैपनि सार्वजनिक स्थानमा महिलामाथि हिंसा हुन्छ, तर पीडितले आवाज उठाउन सक्दैनन् । यस्ता पीडितले पीडकमाथि आवाज उठाओस् र बाँकीले पनि आवाज उठाउन सकुँन भनेर हामीले अभियान चलाएका हौं । ’

सार्वजनिक यातायातमा यौन दुव्र्यवहार गर्ने ४८ मध्ये ३७ जनाले महिलाको संवेदनशिल अंगमा छुने गरेको छन् भने ११ जनाले मौखिक रुपमा दुव्र्यवहार गर्ने गरेको पाइएको छ ।

प्रहरी निरीक्षक गुरुङले अभियानका क्रममा शिक्षित पुरुषले नै महिलामाथि यौन हिंसा गर्ने गरेको बताउनुभयो । प्रहरी निरीक्षक गुरुङले बिहान र बेलुकाका समयमा महिलाहरु बढि हिंसामा पर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, बिहान अफिसको समय र राति ५ देखि ७ बजेको समयमा महिलाहरु बढी हिंसामा परेको पाइएको छ । हिंसामा परेका महिलामध्ये बढी क्याम्पसका युवतीहरु रहेका छन् ।

अभियानका क्रममा उपत्यकामा ३३ समूहमा एक सय जना प्रहरीहरु सादा पोसाकमा खटिएका छन् । उनीहरुले सार्वजनिक यातायातमा हिँड्न क्यामरा मार्फत दुर्व्यवहार गर्नेको गतिविधि खिचेर प्रमाण जुटाउँछन् । र प्रमाणका आधारमा कारबाही अगाडि बढाउँछन् । अभियान तीन महिनासम्म सञ्चालन हुने प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: