पकिस्तानको लाहोर उपनिर्वाचनमा महिला उम्मेदवारको जित


प्रकाशित मिति :2017-09-20 12:09:23

पकिस्तानको लाहोरमा आइतबार सम्पन्न चुनावमा कुलसूम नवाज ६१,२५४ मत ल्याएर विजयी भएकी छन् । उनी पकिस्तानको भूतपूर्व प्रधानमन्त्री नवाज शरीफकी श्रीमती हुन् । स्थानीय संचार माध्यमका अनुसार उनले आफ्नो निकटतम प्रतिद्धन्दी भन्दा १४,१८८ बढी मत ल्याएर चुनाव जितेकी हुन् । भ्रष्टाचारको अभियोग लागेपछि उनका श्रीमानले पदबाट राजीनामा दिएका थिए ।

गत जुलाई महिनामा सर्वोच्च अदालतले भूतपूर्व प्रधानमन्त्री नवाज शरीफलाई जिम्मेवारी र पद सम्हाल्न अयोग्य भएको ठहर गरेको थियो । यो चुनावलाई सत्तारुढ दल र विपक्षी दल दुवैले सोे निर्णयको जनमतको रुपमा लिएका छन् । उनकी श्रीमतीले उनकै ठाउँबाट उनकै स्थानका लागि चुनाव लडेकी थिईन्।

कुलसूम नवाज अहिले क्यान्सरको उपचारका लागि लण्डनमा छिन्। उनकी छोरी मार्यामले पाकिस्तान मुस्लिम लिग (नवाज) दलको चुनावी प्रचारप्रसारको जिम्मा लिएकी थिईन्।

“यो साधारण किसिमको जित होइन,”मार्यामले आफ्ना दलका समर्थकहरुसँग भनिन्, “तपाईंहरुले दृश्य र अदृश्य दुवै शत्तिलाई हराउनु भएको छ ।”

मार्यामले भनिन्–‘यो आफ्नै गृह जिल्लामा भएको जितले आफ्नो बुवालाई अयोग्य भनेर गरिएको ‘अन्यायपूर्ण निर्णय’ जनताले अस्विकार गरेको देखाउँछ ।

डन न्यूजले जनाए अनुसार ३ लाख २० हजार मतदाताले उक्त चुनावमा भाग लिएका थिए । पाकिस्तानको इतिहास मै पहिलोपल्ट विद्युतीय प्रणालीबाट मतदान गरिएको थियो ।
साभारः–बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: