–महिला खबर–
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका २ मुच्चोक की १६ वर्षीया सुष्मा परियारले आफ्नो उपचारको लागि सहयोगको याचना गरेकी छन् ।
गत भदौ २९ गते जंगलमा दाउरा खोज्न जादा रुखबाट लडेर गम्भिर घाइते भएकी उनको वीर अस्पतालमा उपचार भइराखेको छ । सुष्माको टाउकोमा गम्भिर चोट लागेको र घाटीको गर्धन समेत भाँचिएको आफन्त भिमसेन परियारले बताए ।
बाबुआमा कोहि नभएकी सुष्मा ठूली आमाको घरमा बस्दै आएकी छन् । उनको आमाको भूकम्पमा परि मृत्यु भएको र बुबाले धेरै पहिले छाडेकाले सुष्मा एक्ली भएकी हुन् । सुष्मा गाउँकै चर्चुमाला माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । उनको उपचारमा १ लाख रुपैयाँ भन्दा वढि खर्च भइसकेको जनाएको छ । अस्पतालले सुष्माको गर्धनको अप्रेसन गर्नुपर्ने भनेपनि आफूहरुसँग पैँसा नभएकाले समस्या भएको परियारले बताए ।
सुष्मालाई सहयोग गर्न चाहानेले नबिल बैंकको खाता नंम्बर ४३१००१७५०३२४४ रकम जम्मा गर्न सक्नुहुनेछ । परियारले सुष्माको ज्यान बचाइदिन देशविदेशमा रहेका र आफन्तहरुलाई आग्रह गरेका छन् । सम्पर्क नंम्बर ९८२३४१८६६९
Comment Here!