चाडपर्वमा पनि महिला नै जोखिममा


प्रकाशित मिति :2017-09-21 13:55:38

–सन्दिप वि.क –

काठमाडौं । गोरखाको विकट क्षेत्र अजिरकोट गाउँपालिका २ मुच्चोककी १६ वर्षीया सुष्मा परियारको गत साता दशैका लागि जंगलमा दाउरा खोज्न जाने क्रममा लडेर गम्भिर घाइते भइन् ।

रुखबाट खसेर झण्डै ५० मिटर तल खसेकी सुष्माको टाउको र गर्धनमा नराम्ररी चोट लागेको छ । उनकी ठूली आमाका छोरा भिमसेन परियारका अनुसार सुष्माको वीर अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुका अनुसार सुष्माको गर्धन समेत भाँचिएको छ ।

कपिलबस्तुको बाणगंगा नगरपालिका ९ भर्तापुरमा दशैँको लागि माटो खन्न जाँदा एकै घरका दुई महिला पुरिएर घाइते भए ।  २९ वर्षीया सुशिला रासकोटी र ५० बर्षीया लालकुमारी रासकोटी माटोको डिस्को खसेर पुरिएर घाईते भएका हुन् । लालकुमारीको खुट्टा र करङ भाँचिएको छ भने सुशिलाको मेरुदण्ड भाँचिएको छ । दुवैको हरियो खर्क अस्पताल पोखरा उपचार भइराखेको छ । सोही ठाउँमा दुई वर्ष अघि माटोको ढिस्कोले पुरिदा एक युवतीको ज्यान गएको थियो ।

यि त उदाहरण मात्रै हुन् । चाडपर्व नजिकिदैँ गर्दा ग्रामिण क्षेत्रमा महिलाहरु विभिन्न खालको दुर्घटनामा परिरहेका हुन्छन् । भने धेरैले ज्यान समेत गुमाएका छन् ।

चाडपर्व आएसँगै महिलाहरुको बेस्तता पनि बढेको हुन्छ । घर लिपपोत र सरसफाइ, माटो, गोबरको जोह गर्ने, घाँसदाउराको बन्दोवस्ती गर्नेदेखि घरको अधिकांश काम महिलाले गर्नुपर्ने हुन्छ । झनै पछिल्लो समय पुरुषहरु रोजगार र अध्ययनको शिलशिलामा घर बाहिर हुने भएकाले पनि चार्डपर्वको अधिकांश तयारी महिलाकै काँधमा आएको पाइन्छ ।

राष्ट्रिय महिला अधिकार मञ्चकी कार्यक्रम संयोजक विजु कंणेल ग्रामिण क्षेत्रका महिलाका लागि चाडपर्व बोझ हुने गरेको बताउनुहुन्छ ।  ‘चाडपर्वमा चुलोचौकाको काम मात्र हैन, ग्रामिण क्षेत्रका महिलाहरुले माटो खन्ने, बोक्ने, घाँस दाउरा गर्ने जस्ता घरबाहिरका जोखिमपूर्ण कामहरु गर्नुपर्ने हुन्छ । त्यसैले महिलाहरु धेरै दुर्घटनमा पर्ने गरेका उदाहरण छन् ।’ संयोजक कंणेलले भन्नुभयो ।

चाडपर्वमा अधिकांश पुरुषहरु तास खेल्ने, जाँडरक्सी खाएर रमाईलो गर्छन् भने महिलाहरु घरको सारा काम गर्नुपर्ने बाध्यताले चाडपर्व महिलाका लागि बोझ हुने उहाँको भनाई छ ।

स्पाइनल कर्ड मेडिसिन एण्ड रिह्याबिलिटेसन विशेषज्ञ डा. राजु ढकालले चाडपर्वका बेला महिलाहरु घरधन्दासँगै घर बाहिरका काम पनि सवै गर्नुपर्ने भएकाले दुर्घटना हुने सम्भावना पनि त्यत्तिकै रहेको बताउनुभयो । घाँस दाउरा गर्दा, लिपपोत गर्दा होस् या माटो खान्न जादा होस् धेरै महिला चाडपर्वको बेला जोखिममा पर्ने गरेको डा. ढकाल बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: