-यमुना खनाल-
सिरहा । यहाँका पाँच स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार पाँचै स्थानीय तहको उपप्रमुख पदमा महिला विजयी भएका छन् ।
कर्जन्हा नगरपालिकाको उपमेयरमा विजय प्राप्त गर्दै ज्ञानु श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठ ४ हजार ३ सय १३ मतसहित विजयी हुनु भएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अन्जु रायले २ हजार ९ सय ४५ मतले पछि पार्नु भएको जिल्ला निर्वाचन कार्यलय सिरहाले जनाएको छ ।
त्यसैगरी विष्णुपुर गाउँपालिकाको उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी अरहुलादेवी सिंह दुई हजार ७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिरहाको नवराजपुर गाँउपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी शोभा कुमारी यादब २ हजार ३ सय ७७ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै अर्नामा गाउँपालिकामा उपाध्यक्ष सियावती मुखिया २ हजार २ सय ९९ मतसहित विजयी हुनुहभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रामकुमारी महतोले २ हजार २ सय ९८ मत ल्याउनुभएको हो ।
भगवानपुर गाँउपालिकाको उपाध्यक्षमा सीतादेवी यादव ३ हजार १६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेकै प्रतिद्वन्द्वी विन्दादेवी यादवलले २ हजार ९ सय १७ मत प्राप्त गर्नुभएको हो ।
Comment Here!