महिला खबर
काठमाडौं । म्याग्दी घर हाल काठमाडौंमा बस्दै आएकी लोकदोहोरी गायिका कोपिला छिनालको दुर्घटनामा परि खुट्टा भाँच्चिएको छ । यही असोज १ गते गित रेर्कड गरेर सोह्खुट्टे स्थित कोठामा जाँदै गर्दा उनी बाटोमा लडेर घाइते भएकी थिइन् ।
दुर्घटनापछि उनलाई आफन्तहरुको सहयोगमा अस्पताल पुर्याइएको थियो । डाक्टरका अनुसार उनको दाँया खुट्टा भाँचिएको छ । उनको पिपुल्स हस्पिटलमा उपचार भैरहेको छ । तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको गायिका छिनालले बताइन् ।
भाँचिएको खुट्टा प्लास्टर भैसकेको छ । प्लास्टरपछि घरमै आराम गर्न भनेपनि अस्पतालको बिल तिर्न नसक्दा उनी एक साता अस्पतालमै अड्किएकी थिइन् । दाइभाउजुले अस्पतालको विल तिरिदिएपछि हिजो मात्र उनी कोठामा फर्किएकी छन् । ‘हिजो मात्र दाइभाउजुले पैसा दिनुभएपछि कोठामा फर्किएकी छु, ।’ छिनालले भनिन् । ‘अब दैनिक ड्रेसिङ गर्ने पैसा कहाँबाट ल्याउने ।’ उनले आफ्नो उपचारमा सहयोग गर्न सवैसँग याचना समेत गरेकी छन् ।
विगत पाँच वर्षदेखि काठमाडौंमा बसेर लोकदोहोरी क्षेत्रमा लागिरहेकी गायीका छिनालले एकसय भन्दा बढी गितमा स्वर दिइसकेकी छन् । बबादै पारे दिदि तिम्रै ज्वाँईले, मत गेटको चौकीदार, मनको महल लगायतका उनको गित निकै चर्चामा आइसकेको छ ।
सहयोगका लागि गायिका छिनालको फोन नं ९८०८३३८४२९ र ९८४१४१२२८० मा सम्पर्क गर्नुहोला ।
Comment Here!