उपचार नपाउँदा गर्भवतीको मृत्यु


प्रकाशित मिति :2017-09-22 12:38:03

-महिला खबर –

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा वि.कको समयमा उपचार नपाउँदा मृत्यु भएको छ ।

प्रसूति गराउन बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लगेको उनको बिहिबार स्वास्थ्य केन्द्रमै मृत्यु भएको हो ।

मृतक विकलाई आफन्तले बिहीबार ११ बजेको प्लेनमा नेपालगञ्ज लैजाने तयारी गरिरहेको थियो । तर, बिहान साँढे नौ बजे नै वि.कको मृत्यु भएको आफन्तले बताए ।

प्रसूति व्यथा लागेको चार दिनपछि स्वास्थ्य संस्था पु¥याइएकी वि.कको त्यहाँ उपचार हुन नसकेर बाहिर लैजाने क्रममा ज्यान गएको आफन्तले बताए ।

मृतकका भाई प्रसाम वि.कका अनुसार सिद्धा अविवाहित हुन् । उनलाई गाउँकै २६ वर्षीय श्रीचन्द्र रोकायाले ललाईफकाई यौन सम्बन्ध राखेको र गर्भवती भएको थाहा पाएपछि श्रीचन्द्र भारततिर भागेको प्रसामले बताए ।

बाजुरामा आकस्मिक प्रसूति केन्द्र सदरमुकाम मार्तडीमा मात्र छ । सदरमुकाम मार्तडीबाट कल्टी बिरामीका लागि दुई दिनको पैदल दूरीमा छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: