महिलाले पालेका खसी बोका उचित मुल्यमा बिक्री


प्रकाशित मिति :2017-09-22 14:42:02

-पार्वती पाण्डे- 

कपिलवस्तु । सहकारी मार्फत खसीबोका पालेका कपिलवस्तुका महिलाहरुको खसीबोकाको बजार पनि सहकारीले नै मिलाईदिएको छ ।

बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड वाणगंगा ५ कोपवा कपिलवस्तुले आफ्ना सदस्यहरुले पालेका खसीबोका बिक्री गरिदिएको हो । सहकारीले दशैं विशेष खसी बोका बिक्री कार्यक्रम गरी ४८ वटा खसी बोका ५ लाख ३२ हजार ४ सय ५० मा बिक्री गरेको छ ।

यसरी ज्युदो तौल प्रणालीबाट कारोवार गर्दा किसानहरुले उचित तथा यर्थात् मुल्य प्राप्त गरेका छन् । खसीबोका किन्नेहरुले पनि दशैंको मौकामा रोजी रोजी किन्न पाएको बताए ।

माउण्ट एभरेष्ट सामाजिक विकास संस्था द्धारा हेरफर इन्टरनेसनल नेपालको सहयोगमा संचालित साना किसान उद्यमी परियोजना अन्तरगत गठित यो सहकारीले दैनिक १ हजार लिटर दुध संकलन गर्छ भने । डेरीले दही , पनिर , घ्यु , कुल्फी , आइसक्रिम जस्ता दुग्धजन्य पदार्थहरु उत्पादन गरि बिक्री वितरण गरेको छ

सहकारीमार्फत महिलाहरुले छोटो समयमा उत्पादनमूलक काम गरेको हेफर इन्टरनेसनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त सिलवालले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: