सञ्चारिकाकी महासचिब पन्थीलाई महिला सशक्तिकरण पुरस्कार


प्रेस काउन्सिलद्धारा १० महिला सहित ३८ पत्रकार पुरस्कृत, दुई कर्मचारी र एफएमलाई पनि पुरस्कार

प्रकाशित मिति :2017-09-22 14:54:37

महिला खबर

काठमाडौं । सञ्चारिका समूहकी महासचिव कमला पन्थी ‘महिला सशक्तिकरण पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।

प्रेस काउन्सिल नेपालले आफ्नो ४८ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार राष्ट्रपति भवन सितलनिवासमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

पन्थी रेडियो कान्तिपुरमा विगत लामो समयदेखि महिला सशक्तिकरण र कानूनी पहुँच सम्बन्धी कार्यक्रम संचालन गर्दै आउनुभएको छ । प्रेस काउन्सिलले पन्थी सहित १० जना पत्रकार महिला, २८ जना पुरुष पत्रकार, २ जना कर्मचारी र एउटा एफएमलाई सम्मान गरेको छ ।

पुरस्कार पाउने पत्रकार महिलाहरुमा ‘महिला सशक्तिकरण पुरस्कार’ बाट पन्थी सहित इन्दिरा अर्याल रुपन्देही, टिका विष्ट सुर्खेत, कोपिला कडेँल बाग्लुङ र मकवानपुरकी अन्जली थापालाई प्रदान गरिएको छ ।

यसैगरि ललितपुरकी रामकुमारी श्रेष्ठलाई ‘सशक्त सञ्चारकर्मी पुरस्कार’, सुनसरीकी महेशकुमारी(ममता) चौधारी र काठमाडौंकी विजेता चौधरीलाई प्रेस काउन्सिल समावेशीता पुरस्कार, सुनसरीकी सीता मादेम्वालाई प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार रुपेन्देहीकी माया केशीलाई प्रदान गरिएको छ । पुुरस्कारको राशी जनही दश हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ रुपन्देहीका पत्रकार बालकृष्ण चापागाई र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी एक लाख पाँच हजार रुपैयाँ रहेको छ ।

त्यस्तै २५ हजार रुपैयाँ राशीको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम सुनसरीलाई प्रदान गरिएको छ भने काउन्सिलका २ जना कर्मचारीलाई पनि बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको जनाएको छ ।

पुरस्कृत पत्रकार महिला सहित सम्पूर्ण पत्रकारहरुलाई सञ्चारिका समूहले धन्यवाद ज्ञापन गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: