विकास निर्माणमा महिला अग्रसर


प्रकाशित मिति :2017-09-22 15:21:06

-सर्मिला बुढाथोकी-

दोलखा । स्थानीय तहको निर्वाचन भएपछि दोलखा शैलुङ गाँउपालिका ५, काटाकुटीका महिलाहरु विकास निर्माण अभियानमा सक्रिय भएका छन् ।

स्थानीय तहमा महिलाहरुको उल्लेख्य प्रतिनिधित्व भएपछि विकासमा महिला सक्रियता बढेको हो । वडा नम्बर ५ काटाकुटीका विभिन्न टोलमा विस्तार भएको सडकमा नाला नहुँदा पानी जमेर यातायात सञ्चालनमा समस्या भएपछि महिलाको अगुवाईमा नाला निर्माण तथा सडक सफाई सुरु गरिएको वडा अध्यक्ष किरण बस्नेतले बताउनुभयो ।

सफाइ अभियानमा झण्डै ४ सय स्थानीयको सहभागिता रहेकोमा तीन सय भन्दा बढी महिला रहेको बस्नेतको भनाई छ । नाला निर्माण तथा सडक सफाई अभियान पछि दशैमा सहज ढंगले यातायात सञ्चालन हुन सक्ने स्थानीयको अपेक्षा छ ।

वडा समितिले योजना बनाएका विकास निर्माणका अभियानमा पुरुषको तुलनामा महिलाको सक्रियता र चासो बढी देखिएको र योजना सम्पन्न गर्न समेत महिला सहभागिताले टेवा पुगेको वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: