एकल महिलाहरुलाई माछामार्ने कामले जीवन प्रदान


प्रकाशित मिति :2017-09-24 12:16:32

५२ बर्षिया मुथुका रौपाई २४ बर्ष अगाडी कुनै क्षतिपूर्ति र कानुनी प्रकृया विना नै श्रीमानबाट अलग्गिएकी थिइन् । तर उनले हार मानिनन् । र माझीको रुपमा काम गर्दै दुई छोरीको पालनपोषण गर्दै आएकी छन । तिनीहरु दक्षिण भारतको तामीलनाडु राज्यको माझी गाँउ धनुष्कोडीमा बस्छन् ।


जब बाबुले छाडे उनका छोरीहरु अमुधा, २६ (बाँया), र सेल्भी, २९ (दाँया) क्रमश दुई र पाँच बर्षका थिए । गाँउका प्राय सबै केटीहरु जस्तै तिनीहरुसंग पनि हुर्कनका लागि थोरै मात्र अवसरहरु थिए । दुबैले इन्डियाको कानुनले तोकेको उमेर भन्दा अगावै, १८ बर्ष नपुग्दै बिहे गरे ।


सेल्भीले आठ बर्षको उमेर देखी आमासंगै काम गर्न थालिन् । उनी कहिल्यै स्कुल गइनन् । छिमेकी संग प्रेममा परिन र १४ बर्षकै उमेरमा उनी गर्भबति भइन् । उनिहरुले बिहे गरे तर उनको श्रीमानले छिट्टै उनलाई छाडे र उनले संबन्ध बिच्छेदको लागी अर्को आठ बर्ष संम लडिन् ।

उनको छोरा नम्वुदिवीन अहिले १४ वर्षको भए । उनी भन्छिन ‘उस्ले कहिल्यै उस्को बाबुको बारेमा सोध्दैन, उनी आफ्नो छोरा ठूलो भएर माझी बनोस भन्ने चाहन्नन् । उ कार्यालयमा काम गरोस भन्ने उनी चाहन्छिन ।

दिदी सेल्भीभन्दा फरक अमुधा (दायाँ) स्कुल गइन्, पूर्ब किशोरी भइन्जेलसंम पढिन् । उनि अझै अगाडी पढ्न चाहन्थिन तर उनकी आमाले पढाई खर्च धान्न सकिनन् किनकी उनलाई काम गर्ने र कमाउने उनि चाहिएको थियो ।

अहिले अमुधाका पाँच बर्षकी छोरी सहित दुई वटा बच्चा छन् । अमुधाको श्रीमानले दुई बर्ष अघि उनलाई छाडे – उनी भन्छिन् यसको कारण उनीहरुले उस्को रक्सी खाने कुरामा झगडा गरे । ग्रामिण इन्डियामा संबन्ध बिच्छेद, क्षतिपुर्ती, बच्चाको संरक्षकत्व बिषयमा कानुनी कारबाही हुँदैन । गाँउका बुज्रुकहरुले बैबाहिक झगडा मिलाउन हस्तक्षेप गर्छन ।

गाँउमा केटीहरुले सानै उमेर देखि माछा मार्न सुरु गर्छन् । परिवारहरुले पनि अक्सर तिनीहरको बिहेमा दाइजोको लागी बचत गर्न सुरु गर्छन, जुन धेरै महँगो हुन सक्छ ।

माझी महिलाहरुको जीवन धनुष्कोडी जस्तो गाँउहरुमा ज्यादै कष्टप्रद छ । १० महिला मध्य एक एकल छन् । किनभने बिबाह तिनीहरुको जीबनको सबैभन्दा महत्वपुर्ण पक्षको रुपमा देखिएको छ । ति एकल महिलाहरु बिभेदको सामाना गर्न सक्छन् । तिनीहरु बिरलै पुर्नबिबाह गर्छन् ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: