पत्रकार सल्मा खातुन भईन उपमेयर


प्रकाशित मिति :2017-09-24 12:21:54

-सुरेश बिडारी-

वीरगञ्ज, ७ असोज, पत्रकारिता छोडेर राजनीतिमा होमिएकी सल्मा खातुन पर्साको पोखरीयाको उपमेयरमा निर्वाचित भएकी छन् । उनी चुनावी अभियान अघिसम्म वीरगञ्जको नारायणी एफएममा कार्यरत थिईन् । सल्माले २७०४ मत ल्याउँदा निकतमद्वन्द्वी नेपाल संघिय समाजवादी पार्टीकी विणा देवीले २४९५ मत पाईन् । विणा देविले नेपाली जनता दलको चुनाव चिन्ह पाङ्ग्रा लिएर चुनाव लडेकी थिईन् ।

बंगलादेशको ढाका युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर सल्मा टेलिभिजन र पत्रिकाको अनुभव बटुलिसकेपछि पछिल्लो समय वीरगञ्जस्थित नारायणी एफएममा कार्यक्रम चलाउँथिन् । चुनावी अभियान शुरु भएपछि उनले एफएमबाट राजीनामा गरेकी थिइन् ।

उपमेयरमा निर्वाचित भईसकेपछि सल्माले विकासका कार्यलाई नयाँ ढंगले लैजाने बताएकी छन् । ‘विकास कार्यलाई नयाँ ढंगले लैजाने, जन्मभूमिको सेवा गर्ने मौकालाई म खेर जान दिन्न् । ’ उनले भनिन् ‘ कमै छोरीलाई बिहेपछि मात्रै यस्तो मौका मिल्छ, प्राप्त अवसरको सदुपायेग गर्न कुनै कसर बाँकी राख्दिन ।’

युवा र शिक्षित व्यक्ति राजनीतिमा आउँनुपर्छ भनेर पत्रकारिता मार्फत वकालत गरिरहँदा अवसर पाएको बताउँदै सल्माले भनिन् । ‘ पत्रकारिता मार्फत प्राप्त ज्ञानको अब समाजको विकासमा उपयोग गर्छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: