किशोरी भन्छन् ‘हिंसा भए प्रतिकार गरिन्छ’


प्रकाशित मिति :2017-09-24 16:02:42

-लिलाराज भटराई-

सुनसरी । सुनसरीकी सृजना मेहतालाई घरवाट एक्लै हिडडुल गर्न निक्कै डर लाग्थ्यो । एकान्त ठाँउहरुमा हिडडुल गर्दा उत्ताउला केटाहरुवाट यौनजन्य हिंसामा परिने होकि भन्ने डर हुन्थ्यो । उनी सदरमुकाम इनरुवासम्म पनि कहिल्यै एक्लै आएकी थिइनन । तर अहिले उनी निर्धक्क हिड्न सक्ने भएकी छन । हिंसामा परि हाले प्रतिकार गर्ने हिम्मत वढेको छ । कसरी प्रतिकार गर्नुपर्छ उनले मज्जैले सिकेकी छन ।

इनरुवामा पाँच दिने आत्मरक्षा तालिम लिएपछि सृजनालाई मात्र होइन उनी जस्ता ५० जना किशोरीहरुमा यौनजन्य हिंसा सहेर वस्ने होइन, प्रतिकार गर्ने हिम्मत पलाएको छ । सर्च फर कमन ग्राउण्डद्धारा महिला तथा बालबालिका कार्यालय सुनसरीसँगको समन्वयमा सञ्चालित तालिममा दलित तथा सिमान्तकृत समुदायका१३ देखि १९ बर्षका ५० जना किशोरीले यौनजन्य हिँसा के हो भन्ने गज्जवले वुझे । सृजना भन्छिन “यौनजन्य हिंसा हुन लागे सुरुमा डर हटाएर हिम्मतका साथ जुधनुपर्ने रहेछ । त्यसपछि वल र वुद्धि लगाएर प्रतिकार गर्नुपर्छ ।”
जल्पापुरकी निशाकुमारी शर्मा कसैले यौनजन्य हिंसा गर्न लागे कहाँ कहाँ प्रहार गर्ने गज्जवका तरिका थाहा भएकोमा प्रसन्न देखिन्छिन । भन्छिन “कसैले हात समात्यो भने कसरी फुत्काएर कहाँ प्रहार गर्ने थाहा भएको छ । अव हिंसा सहिन्न, आइलागे हान्निछ ।”

भरौलकी एलिसा राजधानी पनि निशा जस्तै हिक्मतिली भएकी छन् । पहिला यौनहिंसा भनेकै थाहा थिएन । अव भने कसैले हिँसा गर्न खोजे प्रतिकार गर्न सक्ने भएकी छन् । उनी आफनो गाँउका अरु किशोरीलाई यौनहिँसावाट कसरी तरिका सिकाउने सुरसारमा छिन । आफू वचेर मात्र भएन नि साथीहरुलाई पनि वचाउन उनीहरुलाई पनि सिकाउछु एलिशाले मुस्कुराउदै आफनो योजना सुनाइन ।

डुम्राहाकी आशा सिँ अव काम विशेषले एकान्त स्थानहरुमा जादाँ नडराउने सुनाउछिन् । पहिला कसैले केही गरयो भने केहि गर्न सकिदैन होला भन्ने लाग्थ्यो अव त कसैले जवरजस्ती गर्न खोजे मुक्का हानेर भाग्छु आशाले वताइन ।उनले किशोरी साथीहरुलाई सल्लाह दिइन दुब्र्यवहार सहने होइन प्रतिकार गनुपर्छ ।

सुनसरीमा पछिल्लो समय महिला तथा किशोरीमाथि यौनजन्य हिंसा वढिरहेकाले तालिम आयोजना गरिएको सर्च फर कमनग्राउण्डका महेन्द्र महतोले बताउनुभयो । कस्तो ठाँउमा यौनजन्य अपराध हुन्छन, त्यस्ता मान्छे कसरी चिन्ने, कसरी सजग रहने, जोखिम पूर्ण अवस्थामा डरलाई कसरी नियन्त्रणमा लिने र प्रतिकारका लागि शारीरिक सीपहरु सिकेर किशोरीहरु उत्साहित वनेको महतोले सुनाउनुभयो ।

महिला तथा वालवालिका कार्यालय सुनसरीकी निमित्त प्रमुख शुशीला कार्कीले धेरै कार्यक्रमहरुमा शैद्धान्तिक मात्र ज्ञान दिइन्छ,हामीले पनि त्यसै गर्दै आएका थियौ तर ब्यवहारिक शीपले किशोरीको हिम्मत वढाउनुका साथै हिंसावाट वच्ने धेरै तरिका थाहा हुने भएकाले यो धेरै महत्वपूर्ण हुने विश्वास जनाउनुभयो ।

सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले यौनजन्य हिंसा सहेर वस्न नहुने वताउनुभयो । हिंसा हुन लागे वा भइहाले तत्काल प्रहरीलाई खवर गर्न उहाँले जिल्ला प्रहरी कार्यालय सुनसरीको ०२५५८०१००, ९८५२०९०१२७, १०० वा आफनो मोवाइल नम्वर ९८५२०८५५५५मा फोन गर्न आग्रह गर्नुभयो । वाटोमा लाग्ने समय वाहेक फोन गरेको १० मिनेटमा प्रहरी आइपुग्ने उहाँले प्रतिवद्धता समेत दिलाउनुभयो । उहाँले प्रहरी कार्यालयहरुमा महिला सेल हुने र महिलाको समस्या महिला प्रहरीलेनै सुन्ने भएकाले निर्धक्क उजुरी दिन आग्रह गर्नुभयो । हरेक कुराको गोपनियता कायम राखि न्यायको पहुँचमा पुरयाउने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: