बोक्सीको आरोपमा अभियन्ता नै कुटिइन्


कुटपिट गर्नेमाथि कारबाहीको माग

प्रकाशित मिति :2017-09-25 10:29:37

-महिला खबर-
काठमाडौं । पर्सामा बोक्सीको आरोपमा महिला हिंसा विरोधी अभियानका अभियन्ता नै कुटिइएकी छन् । शसस्त्र प्रहरी भोलेन्द्र कार्कीले आफ्नी श्रीमती सोनु कार्कीलाई बोक्सी लगाएको भन्दै शनिबार राति अभियन्ता ५५ वर्षीय राजकुमारी उपाध्ययलाई कुटपिट गरेका हुन् ।

उपाध्ययलाई छर छिमेकले समेत बोक्सी भन्दै सो ठाउँबाट निकाल्ने धम्की दिएको पिडितकी बुहारी लक्ष्मी उपाध्यायले बताइन् । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले बोक्सीको आरोपमा कुटपिट गर्ने कार्कीलाई कारबाहीको माग गरेको छ ।

सञ्जालका अध्यक्ष डा. रेणु अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपाध्ययमाथि बोक्सी भन्दै अमानविय व्यवहार गर्नु गैरकानुनी र गम्भिर मानव अधिकार उल्लघन भएको भन्दै ध्यानकर्षण गराएको हो । नेपालको संविधान २०७२ मा उल्लेख भएको हरेक नागरिकले नागरिकले सम्मान पूर्वक बाँच्न पाउने अधिकारको समेत उल्लंघन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शान्ति सुरक्षा दिने जिम्मेवार पदमा रहेको नेपाल सरकारको एक कर्मचारीले यो प्रकारको हिंसा गर्नुबाट आम हिंसा पिडित महिलाहरुको न्यायको ढोकासम्म कसरी पहुँच हुन सक्छ भन्ने गम्भिर प्रश्न खडा भएको भन्दै सञ्जाल ध्यानकर्षण समेत गराएको छ ।

पिडकलाई कुनै पनि सरकारी पदमा रहेर काम गर्न नपाउने गरि वर्खात सहित कानुन अनुसार दंण्डित गरि पिडितलाई स–सम्मान शारीरिक उपचार र मनोपरामर्श सहित समाजमा पुनःस्थापना हुने ब्यवस्था गर्न सञ्जालले माग गरेको छ । राजकुमारी सञ्जाल पर्साका सदस्य समेत हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: