सकियो आत्मरक्षा तालिम


प्रकाशित मिति :2017-09-25 14:06:08

-सर्मिला बुढाथोकी-

दोलखा । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (ईह्रिकन)को आयोजना तथा सञ्चारिका समूहको सहकार्यमा दोलखाका किशोरीहरुको लागि सञ्चालन भएको आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

तालिमका सहभागि किशोरीहरु प्रमाणपत्र लिँदै

न्यायमा पहुँच परियोजना अन्तर्गत सञ्चालन गरेको महिला हिंसा विरुद्ध ३६५ दिने अभियान अन्तर्गत किशोरीहरुका लागि आयोजना गरिएको ३ महिने आत्मरक्षा तालिम एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।

तालिममा तामाकोसी गाउँपालिकाको जफे र भिरकोटका गरी २५ जना किशोरीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले अझ धेरै महिलाहरुलाई आत्मरक्षा तालिम दिन सके महिलामाथि हुने हिंसामा न्यूनिकरण हुने बताएका थिए ।

भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्तेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की, महिला तथा वालबालिका कार्यलयकी महिला निरीक्षक सुर्जा दहाल, सञ्चारिका समूहकी सर्मिला बुढाथोकी, तालिमकी प्रशिक्षक सुष्मिता काफ्ले, तालिममा सहभागी सिर्जना कार्की र निरुता केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: