तिम्ल्याहा शिशु जन्माएकी सुत्केरीको बिजोग


प्रकाशित मिति :2017-09-25 14:56:43

-महिला खबर-

सुनसरी । आर्थिक अभावका कारण तिम्ल्याहा बच्चा जन्माएकी सुत्केरी महिला र बच्चाको बिजोग भएको छ । सुनसरी देवानगञ्जकी रुनादेवी ऋषिदेवको घरमा खाने कुरा, लगाउने कपडा समेत नहुँदा सुत्केरी र नवजात शिशुको बिजोग भएको हो ।

रुनादेवीले एक हप्ता अगाडि घरमै तीन जना बच्चा जन्माउनु भएको हो । सुरक्षित रुपमा अस्पतालमा जन्म नभएका कारण तीनमध्ये एक शिशुको ज्यान गएको छ ।

अहिले दुई शिशु र आमाको स्वास्थ्य अवस्था नाजुक रहेको छ । देवानगंज गाँउपालिकाका कार्यकारी अघिकृत शिव निरौलाका अनुसार गर्भवती अवस्थामा पनि रुनादेवीले स्वास्थ्य जाँच गराउनुभएको थिएन ।

अहिले २ शिशुको स्वास्थ्य अवस्था जटिल भएपनि उपचार गराउन अस्पताल लगेका छैनन् । तिम्ल्याहा बच्चा घरमै जन्मिएका जानकारी आएपछि देवानगंज गाउँपालिकाका कार्यकारी अधिकृत शिवकुमार निरौला स्थानीय स्वास्थ्यचौकीका अहेव सहित घरमै पुग्नुभयो उहाँले पाँच हजार रकम सहयोग समेत गर्नुभयो ।

दैनिक मजदुरी गरी जीविका गर्ने रुनादेवीको परिवारमा निरौलाले दिएका सहयोग रकम खानामै खर्च भएकोले शिशुलाई अस्पताल लगेका छैनन् । ३० वर्षीया रुनादेवीले चौथो सन्तानका रुपमा तीनजना वच्चालाई जन्म दिएकी हुन् । यसअघिनै दुई जना छोरी र एक जना छोरा छन् ।

रुनादेवीका श्रीमान सुरेश ऋषिदेव मजदुरी गर्छन् । खानेलाउने समस्या भएको ऋषिदेव परिवारमा रुनादेवी र बच्चाको उपचारका लागि सहयोगको आवश्यकता रहेको कार्यकारी अघिकृत निरौलाले बताउनुभयो । रुनादेवीको परिवारले पनि सहयोगको आग्रह गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: