दुई किशोरी र एक महिलाको उद्धार


प्रकाशित मिति :2017-09-25 17:23:34

महिला खबर

काठमाडौं । कैलालीका दुई किशोरी र एक महिलाको भारतको सिलगुढीबाट उद्धार भएको छ । माइती नेपाल कैलालीले असोज ६ गते कैलाली जोशीपुर गाउँपालिकाकी १४ र १६ वर्षिय किशोरी र ५५ वर्षिय महिलालाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

दिल्लीमा धेरै पैसा महिलाहरुलाई बोर्डरमा चेक गर्दैनन् । तिमीहरु मसँग गएर पैसा नेपाल ल्याइदिनू, सो वापत तिमीहरुलाई १ लाख २० हजार रुपैयाँ दिन्छु भनी प्रलोभन देखाएर सोही ठाउँका प्रेम चौधरीले भारत पु¥याएको माइती नेपाल कैलालीले बताएका छ ।

प्रेमले जेठ १६ गते भजनीको बाटो हुँदै भारतीय बजार तिकुनिया र त्यहाँबाट पलिया हुँदै उनीहरुलाई दिल्ली पु¥याइएको थियो । दिल्ली बसपार्कमा पुगेपछि तिमीहरु बस्दै गर म एकछिनमा आउँछु भनेर गएका प्रेम रातीसम्म पनि नआएपछि उनीहरु भारतीय प्रहरीकोमा पुगेका थिए ।

भारतीय प्रहरीले उनीहरुलाई दिल्ली–सिलुगुडी चल्ने रेलको टिकट काटेर पठाएको थियो । सिलुगुडी रेल स्टेशन अलपत्र परेपछि आलीपुर जिल्ला हासीपुर पोस्ट भर्नावारी गाउंमा बस्ने एक जना नेपाली पन्छी सार्कीले केही दिन आफ्नो घरमा राखी बेचबिखन गर्ने प्रयास गरिहेको अवस्थामा घरबाटै उद्धार गरेको माइती नेपाल कैलालीका संयोजक शिवचरण चौधरीले वताए ।

माइती नेपाल कैलालीमा उनीहरुका आफन्तले उनीहरु हराएको निवेदन दिएका थिए । माइती नेपालको पहलमा भारतको दार्जलिंग कालिङ्गपोङ्ग बाल सुरक्षा अभियान ट्रस्ट र बालकाल्याण समितिको सहयोगमा भारतिय प्रहरीद्धारा उद्धार गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: